
६ जेठ, सिन्धुली । सिन्धुलीमा आइतबार सुनकोशी नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका दुईजना युवकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार बेपत्ता भएका सुर्खेतको पञ्चपुरी नगरपालिका-७ घर भएका १९ वर्षीय दिनेश बुढाक्षेत्री र २० वर्षीय विश्वजनक बुढाक्षेत्रीको शव फेला परेको हो ।
दुवैजनाको शव मंगलबार खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । सुनकोसीमा बेपत्ता भएका दिनेशको फिक्कल गाउँपालिका-५ नारिम खोलाको दोभानमा र जनकको शव फिक्कल गाउँपालिका-५ पञ्चकन्यास्थित सुनकोशी नदीको किनारमा फेला परेको हो ।
शव फेला परेपछि मुचुल्काका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुवैजना सुर्खेत घर भई हाल फिक्कल गाउँपालिका-४ खाङ्साङमा काठको मिस्त्री काम गर्दै आएका थिए ।
प्रतिक्रिया 4