Comments Add Comment

ब्राजिलमा कोरोनाका नयाँ संक्रमित र मृतकको संख्या अहिलेसम्मकै बढी

७ जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) नयाँ संक्रमित र मृतकको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा एक हजार एक सय ७९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

एकैदिनमा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । यससँगै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७ हजार नौ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा १७ हजार चार सय आठ नयाँ संक्रमित थपिएका छन् । यो पनि एकैदिनमा भेटिएका अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमितको संख्या हो ।

यससँगै ब्राजिलमा समग्र संक्रमितको संख्या दुई लाख ७१ हजार ६ सय २८ पुगेको छ । ब्राजिलको साओ पाउलो राज्यमा मात्र पछिल्लो २४ घण्टामा तीन सय २४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

ब्राजिल कोरोना भाइरसबाट तेस्रो सबैभन्दा धेरै प्रभावित मुलुक हो । रुस र अमेरिकामा मात्र ब्राजिलमा भन्दा धेरै संक्रममित छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा ब्राजिलमा बढ्दो कोरोना भाइरसको महामारीलाई लक्षित गर्दै दक्षिण अमेरिकी राष्ट्रमा भ्रमणमा प्रतिबन्ध लगाउने बारे विचार गरिरहेकेा बताएका छन् ।

स्रोत  : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment