+

कोरोना महामारीका कारण मनाइएन भलिबल दिवस

२०७७ जेठ  ८ गते १६:५६ २०७७ जेठ ८ गते १६:५६
कोरोना महामारीका कारण मनाइएन भलिबल दिवस

८ जेठ काठमाडौं । सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा जेठ ८ गते बनाइने भलिबल दिवस यस वर्ष मनाइएन ।

२०७४ साल जेठ ८ गते सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो । त्यसयता लगातार दुई वर्ष भलिबल दिवस मनाइए पनि यस पटक कोरोना महामारीका कारण नमनाइएको हो ।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीले गर्दा औपचारिक कार्यक्रम गर्न नसकिएको जनाएको छ ।

अहिले भलिबल गतिविधि भन्दा खेलाडी र व्यक्तिको स्वास्थ्य महत्वपूर्ण रहेको भन्दै संघले अवस्था सामान्य बनेपछि भलिबल गतिविधि फेरि सुरु गर्ने बताएको छ ।

बुधबार संघीय संसदबाट पारित भएको खेलकुदसम्बन्धी विधेयकमा भलिबल नेपालको राष्ट्रिय खेल उल्लेख गरिएको छ ।

राष्ट्रिय खेल घोषणा गरेको ३ वर्ष पूरा हुँदा पनि सरकारले भलिबल खेल प्रवद्र्धनका लागि सहयोग नगरेको भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले बताए ।

खेलाडीको मिहिनेत र संघको प्रयासमा नेपालले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सफलता हात पारेको संघले जनाएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय