+
+
Shares

संक्रमित भेटिएपछि मनमोहन सेन्टरमा कन्ट्याक ट्रेसिङ सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १० गते १५:०९

१० जेठ, काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएकी एक महिलामा कोरोना संक्रमण भेटिएपछि कन्ट्याक ट्रेसिङ सुरु भएको छ ।

अस्पतालमा जेठ ६ गते भर्ना भएकी हेटौंडाकी एक ५४ वर्षकी महिलामा शुक्रबार साँझ कोरोना पोजेटिभ देखिएको थियो । लगत्तै ती महिलालाई गणेशमानसिंह भवनको कोभिड वार्डमा सारिएको छ ।

अस्पतालका कोभिड फोकल पर्सन डा. रञ्जन सापकोटाका अनुसार ती महिलासँगै उपचाररत वार्डमा कार्यरत चिकित्सक नर्स, बिरामी र तिनीहरुको आफन्तलाई कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको छ ।

अस्पतालमा क्याथल्याबसहित कार्डियोलोजी सेवा अर्को सूचना नआउन्जेलको लागि स्थगित गरिएको छ भने संक्रमितसंगै वार्डमा राखिएका बिरामीलाई अलग गरिएको छ।

स्वास्थ्यकर्मी, बिरामी र कुरुवाहरु सबै गरेर ४० जना व्यक्ति संक्रमितको सम्पर्कमा आएको हुन सक्ने उनी बताउँछन्।

‘हामीले प्राइमरी र सेकण्डरी कन्ट्याकलाई छुट्याउछौ‌ं’ डाक्टर सापकोटाले भने,’ प्राइमरी कन्ट्याकलाई अस्पताल वा कुनै होटलमा क्वारेण्टाइन राखिनेछ भने सेकेण्डरी कन्ट्याकलाई होम क्वारेण्टाइन बस्न भनिनेछ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका विज्ञ चिकित्सक, महाराजगञ्ज क्याम्परको पब्लिक हेल्थ एक्सपर्ट र अस्पतालकै चिकित्सकहरु मिलेर कन्ट्याक ट्रेसिङ सुरु गरेको डाक्टर सापकोटाले बताए।

‘हामीले एकदम वैज्ञानिक विधि अनुसार कन्ट्याक ट्रेसिङ गरेका छौ, उनीहरु कहिले संक्रमितसँग एक्सपोज भएका छन, त्यो सबैको डाटा राख्छौं र त्यही अनुसार स्वाब निकालेर टेस्ट गर्छौ’ उनले भने, ‘संक्रमितसँग आज नै सम्पर्क भएको छ भने आज नै स्वाब निकालेर टेस्ट गर्दा फल्स रिपोर्ट आउन सक्छ । संक्रमितसँग सम्पर्कमा आएको कम्तीमा पनि एक सातामा हामी स्वाब निकालेर जाँच गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?