Comments Add Comment

झापामा पनि कोभिड विशेष अस्पताल बन्दै

जिल्लामा २३ सय भीटीएम किट, थप हजार खरिद गरिँदै

१० जेठ, झापा । जिल्लामा कोभिड-१९ विशेष अस्पताल बन्ने भएको छ । मेची अस्पतालको निर्माणाधीन भवनमा एक सय बेडको अस्पताल बनाउने निर्णय भएको हो ।

जिल्ला रेडक्रस सोइसाइटी, झापाका सभापति लोकराज ढकालले कोरोना क्राइसिस म्योनेजमेन्टको जिल्लास्तरीय समितिले यो निर्णय गरेको अनलाइनखबरलाई बताए । उनले भने, ‘उपचारका लागि प्रयोगशाला बनाउने कार्य आइतबारबाटै सुरु हुँदैछ । यसका लागि प्रदेश सरकारबाट पीसीआर मेसिन प्राप्त हुँदैछ ।’ प्राविधिकसहितको टोली आइतबार झापा आउने उनले बताए ।

जिल्लामा २३ सय भीटीएम, थप हजार खरिद हुँदै

झापाका केही दिनअघिसम्म कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने भीटीएम किट अभाव भएको बताइएको थियो । तर शनिबारसम्ममा २३ सय भीटीएम किट जिल्लामा उपलब्ध भइसकेको ढकालले बताए ।

उनका अनुसार, सांसद पवित्रा खरेलमार्फत एक हजार, जिल्ला प्रशासन कार्यालयबाट एक हजारसहित एक सामाजिक संस्थाबाट समेत प्राप्त भएको गरी २३ सय ४० किट अहिले जिल्लामा छ ।

उनका अनुसार, थप एक हजार किट खरिद गर्ने तयारी भइरहेको छ । यसका लागि बिक्रेतासँग समन्वय भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment