+
+
Shares

क्वारेन्टाइनमा आफन्तलाई मदिरा पुर्‍याउँदा…

रासस रासस
२०७७ जेठ ११ गते १३:३५

११ जेठ, चितवन । क्वारेन्टिनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउनेलाई स्थानीय प्रशासनले रु पाँच हजार जरिवाना गराएको छ ।

राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए ।

उनका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउन जाने क्रममा थपलियालाई गत वैशाख ८ गते प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो । प्रशासनले उनीसँगको बयानपछि जरिवाना तोक्दै अबदेखि यस्तो नगर्न सचेत गराएर छाडेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?