Comments Add Comment

चीनमा कोरोनाविरुद्धको खोपको पहिलो परीक्षण सफल

११ जेठ, काठमाडौं । चिनियाँ कम्पनीले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको परीक्षण नतिजा सकारात्मक आएको छ ।

शुक्रबार विज्ञान शोध पत्रिका लेन्सेन्टमा प्रकाशित नतिजा अनुसार चिनियाँ कम्पनीले बनाएको यो खोपको मानव परीक्षणको पहिलो चरणको नतिजा सकारात्मक देखिएको हो ।

यो परीक्षण १ सय ८ जनामा गरिएको थियो । पहिलो चरणमा २८ दिनसम्म उनीहरुमा यो खोपको प्रभाव अनुसन्धान गरिएको हो । परीक्षणको क्रममा यो खोप सुरक्षित र मानिसमा कोरोना भाइरसविरुद्ध लड्न प्रतिरोधी क्षमता विकास गर्नसक्ने पाइएको थियो । यो परीक्षणको क्रममा कुनै किसिमको गम्भीर प्रतिक्रिया नपाइएको बताइएको छ ।

यो खोप लिएको दुई सातापछि मानिसहरुमा कोरोना भाइरसविरुद्धको एन्टिबडी विकास हुन थालेको थियो । त्यसपछि निरन्तर मानिसमा कोरोना भाइरसको एन्टिबडी विकास भएको थियो । लेन्सेन्टका अनुसार यो अध्ययनले अर्को चरणको परीक्षणको अनुमति पाएको छ । यो खोपको दोस्रो चरणको परीक्षण ५ सय ८ जनामा हुनेछ ।

खोप चीनका विभिन्न प्रयोगशालामा कार्यरत शोधकर्ताहरुले निर्माण गरेका हुन् । यसको नेतृत्व एकेडेमी अफ अफ मिलिट्री मेडिकल साइन्सका प्राध्यापक तथा चाइनिज एकेडेमी अफ इन्जिनियरिङका एक सदस्यसमेत रहेका चेन वेईले गरेका थिए ।

स्रोत : सीजीटीएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment