
१३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड नियन्त्रणमा कार्यरत अस्पतालका स्वास्थ्यकर्मीहरुलाई सिफ्टमा ड्युटी मिलाउन निर्देशन दिएको छ ।
स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले दुई समूह बनाई आलोपालो ड्युटी लगाउन निर्देशन दिएको हो । स्वास्थ्यकर्मीहरु काम गर्ने क्रममा संक्रमित हुन गई सेवा प्रवाहमा अफ्ठ्यारो नपरोस भनेर यो निर्णय गरिएको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
मन्त्रालयले सूचना जारी गर्दै एउटा टोली एक हप्ता र अर्को टोलीलाई अर्को हप्ता गरी ड्युटी मिलाउन अस्पतालहरुलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4