+
+
Shares

नेपाल नर्सिङ काउन्सिलमा नयाँ नेतृत्व

स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले प्रजापतिलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १९:०१

२१ साउन, काठमाडौं । सरकारले नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापतिलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले प्रजापतिलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

यस्तै, काउन्सिलको उपाध्यक्षमा बिमलाकुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरिएको छ ।

नवनियुक्त अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारलाई बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरिसकेका छन् ।

शपथग्रहणसँगै उनीहरूले नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?