+
+
Shares

दलित विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालनको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले दलित विद्यार्थीका लागि लोकसेवा आयोगको तयारी कक्षा निःशुल्क सञ्चालन गर्न राष्ट्रिय दलित आयोगसमक्ष माग राखेको छ ।
  • अध्यक्ष विष्णु उपरकोटी नेतृत्वको टोलीले विगतमा स्थगित कार्यक्रम सुचारु गर्न र संविधानको धारा ४० (२) बमोजिमको हक कार्यान्वयन गराउन आयोगको ध्यानाकर्षण गराएको छ ।
  • संगठनले काठमाडौँमा दलित विद्यार्थीले कोठा नपाउने समस्या अन्त्य गर्न तथा विजेश्वरी दलित छात्रावास सञ्चालनका लागि आवश्यक पहल गर्न आयोगलाई आग्रह गरेको छ ।

२१ साउन, काठमाडौं । नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले दलित विद्यार्थीका लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न माग राखेको छ ।

राष्ट्रिय दलित आयोगलाई ज्ञापनपत्र बुझाउँदै विगतमा चलिरहेको निःशुल्क कक्षा रोकिएकोप्रति असन्तुष्टि जनाइएको छ ।

‘निःशुल्क लोकसेवा तयारी कक्षा कार्यक्रमले धेरै विद्यार्थीहरुलाई प्रतिस्पर्धात्मक परीक्षामा सहाभगी हुन महत्वपूर्ण सहयोग पुर्याउँदै अँएको थियो,’ ज्ञापनपत्रमा भनिएको छ, ‘तर उक्त महत्वपूर्ण कार्यक्रम केही समय यता कुनै स्पष्ट कारणबिनै स्थगित रहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

अध्यक्ष विष्णु उपरकोटी सहितको टोलीले बुझाएको ज्ञापनपत्रमा संविधानको धारा ४० (२) कार्यान्वयनको माग राखिएको छ ।

दलित विद्यार्थीहरुलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानुन बमोजिम छात्रवृत्ति सहित निःशुल्क शिक्षा संविधानले सुनिश्चित गरेको छ । तर कार्यान्वयन नभएकोप्रति संगठनको आपत्ति छ ।

विजेश्वरी दलित छात्रावास सञ्चालन र काठमाडौंमा दलितले कोठा नपाउने समस्याबारे पनि संगठनले ध्यानाकर्षण गराएको छ ।

‘दलित विद्यार्थीले जातीय विभेदबिनै सुरक्षित र सम्मानजनक रुप्मा आवास प्राप्त गर्न सक्ने बातावरण निर्माण गर्न, कोठाभाडामा हुने जातीय विभेद तथा छुवाछुतका घटनाको प्रभावकारी अनुमगन, छानबीन र कानुनी कारबाही सुनिश्चित गर्न तथा आवश्यकता अनुसार दलित विद्यार्थीका लागि सुरक्षित छात्रावास तथा आवासको व्इवस्थाको नीति निर्माण र कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय एवं पहल गर्न ..,’ ज्ञापनपत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?