२१ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशका सांसदहरूसँग सामूहिक छलफल गरेका छन् । बिहीबार राप्रपाबाट प्रदेशसभामा रहेका सांसदहरूलाई बोलाएर लिङ्देनले सामूहिक छलफल गरेका हुन् ।
छलफलमा प्रदेश सरकारबारे पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णयबारे सांसदहरूलाई ब्रिफिङ गरिएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष लिङ्देनले समसामयिक परिस्थितिबारे प्रदेशसभाका सांसदहरूलाई ब्रिफिङ गरिसकेपछि सांसदहरूले सामूहिक रूपमा संकल्प गरेर बैठकको निर्णयलाई पुँजीको रूपमा ग्रहण गर्ने वाचा गरेको उनले बताएका छन् ।
यस्तै, पार्टी निर्णयको स्पिरिटमा समर्थन, एकताबद्ध र पूर्ण प्रतिबद्ध रहने सांसदहरूले बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बुधबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकार निर्माणका गणितीय खेलमा सहभागी नहुने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4