+
+
Shares

सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलत : अमरेशकुमार

राज्यले शिक्षा, विज्ञान र प्रविधिको विकासका लागि विधेयक ल्याउनुको सट्टा सुरक्षा संयन्त्र मात्र विस्तार गर्न खोजेको उनको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद डा. अमरेशकुमार सिंहले राज्यले सुरक्षा निकायको संख्या मात्र बढाउने र शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई बेवास्ता गरेको भनी आलोचना गरेका छन् ।
  • उनले जनसंख्याको अनुपातमा नेपालमा सुरक्षाकर्मीको संख्या विश्वमै उच्च रहेको दाबी गर्दै मधेशबाट सशस्त्र प्रहरी फिर्ता गर्न माग गरेका छन् ।
  • सांसद सिंहले सुरक्षा बलको प्रयोग गरी मधेशी, जनजाति, दलित र थारू समुदायको आन्दोलन दबाउन खोजिएको भन्दै नेतृत्वको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन् ।

२१ साउन, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले राज्यले सुरक्षा निकायको संख्या वृद्धिलाई प्राथमिकता दिए पनि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा ध्यान नदिएको भन्दै आलोचना गरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीवार ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपरको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

बैठकमा सांसद सिंहले जनसंख्याको अनुपातमा सुरक्षाकर्मीको संख्या नेपालमा विश्वकै उच्च रहेको दाबी गरे ।

राज्यले शिक्षा, विज्ञान र प्रविधिको विकासका लागि विधेयक ल्याउनुको सट्टा सुरक्षा संयन्त्र मात्र विस्तार गर्न खोजेको उनको आरोप छ ।

सांसद सिंहले सुरक्षा निकायको परिचालन र नियतमाथि प्रश्न उठाउँदै मधेशी, जनजाति, दलित र थारू समुदायको आन्दोलनलाई दबाउन सुरक्षा बल प्रयोग गर्ने गरिएको टिप्पणी गरे ।

उनले सुरक्षा निकायको यो उपस्थितिले समुदाय विशेषमाथि मनोवैज्ञानिक त्रास सिर्जना गरेको भन्दै मधेसबाट सशस्त्र प्रहरी फिर्ता गर्न माग गरे ।

आन्दोलन र राष्ट्रियताको सन्दर्भमा बोल्दै सांसद सिंहले सधैँ गरिब र विपन्न वर्गका नागरिकले मात्र बलिदान दिनुपरेको तर नेतृत्व तहका व्यक्तिका सन्तान कहिल्यै पीडित नभएको तर्क गरे ।

सांसद सिंहले भने, ‘मधेशमा कहिल्यै पनि वाटर क्यानन चलेको मैले देखेको छैन मेरो ५६ वर्षको उमेर छ । चाहे मधेश आन्दोलन होस्, चाहे थरूहट आन्दोलन होस्, चाहे अन्य आन्दोलन होस् । तर गोली सधैं चलेको छ ।’

उनले थपे, ‘अहिले पनि म राज्य व्यवस्था समितिको माग गर्छु कि सुरक्षाको बैठक यहाँ डाकियोस्, किनकि त्यत्रो सशस्त्रको बिगबिगी किन छ ? कहीँ पनि सशस्त्रले एक इन्च जमीनको रक्षा गरेको छैन ।’

सांसद सिंहले सुरक्षा निकायको परिचालन र नियतमाथि प्रश्न उठाउँदै मधेशी, जनजाति, दलित र थारू समुदायको आन्दोलनलाई दबाउन सुरक्षा बल प्रयोग गर्ने गरिएको टिप्पणी गरे ।

सांसद सिंहले भने, ‘एउटा समुदायलाई विदेशी ठानेर बुट बजार्न खोज्नुहुन्छ, गोली हान्न खोज्नुहुन्छ र अर्को क्याडर बनाएर मधेशीमाथि या जनजाति माथि, दलित माथि, थारू माथि, उहाँले बोल्न सक्नु भएन किनकि उहाँहरूको त्यति आँट आएन । म क्लियर भन्छु सरकारको नियतमा खोट छ ।’

राष्ट्रियताको परिभाषा र युवा पलायनका विषयमा उनले सरकारको आलोचना गरे ।

युवाहरू मलेसिया, कतार र साउदी अरबमा श्रम गर्न बाध्य भइरहेको अवस्थामा स्वदेशमै रोजगारी सिर्जना गर्नुको सट्टा सैन्य स्वरूपको क्याडर तयार पार्नु बेकुफी भएको उनको तर्क छ ।

युवाहरूलाई विदेश जानबाट रोकेर स्वदेशमै रोजगारी दिनु नै वास्तविक राष्ट्रियता हुने उनले बताए ।

सांसद सिंहले राज्य व्यवस्था समितिको बैठकमा सुरक्षा निकायको पछिल्लो गतिविधि र परिचालनबारे विस्तृत छलफल गर्न माग समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?