Comments Add Comment

दलितको हत्या कहिलेसम्म ? लकडाउनमा प्रदर्शनको नयाँ शैली

१३ जेठ, काठमाडौं । रुकुमको चौरजहारीमा दलित युवकमाथि भएको जातीय विभेदयुक्त हत्याको विरोधमा युवा विद्यार्थीले स्वतःस्फूर्त रुपमा विरोध प्रदर्शन थालेका छन् ।

कोरोना महामारीको लकडाउनका कारण सकडमा प्रदर्शन गर्न सम्भव नभएपछि सामाजिक सञ्जाल र पायक पर्ने ठाउँमा सामाजिक दूरीसहित भेला भएर जनचेतनामूलक प्लेकार्डसहित प्रदर्शन भइरहेका हुन् ।

संगठित रुपमा नभए पनि सामाजिक सञ्जाल र सञ्चार सम्पर्कमार्फत साथीहरुलाई यस अभियानमा सामेल गराउने क्रम बढिरहेको सत्तारुढ नेकपा निकट अनेरास्वविुकी नेतृ आरती लामाले बताइन् ।

अन्तरजातीय प्रेम सम्बन्धका कारण दलितको मृत्यु कहिलेसम्म ? भन्ने प्रश्नसहित प्रदर्शन र ह्यासट्याग चलाइएको लामाले बताएकी छन् । यो अभियानमा दुई दिनभित्रै सयौं युवा सहभागी भएका छन् ।

दलितमाथिको विभेद र अत्याचारविरुद्ध गैरदलितले बोल्नुपर्ने र अभियान चलाउनुपर्ने भएकाले आफूहरु यो नयाँ प्रकारको प्रदर्शनमा लागेको उनीहरुले बताएका छन् ।

अन्तरजातीय विवाहमा पनि सबैभन्दा पीडित दलितनै हुने गरेको र केटा वा केटी जो भए पनि दलितमाथि अन्याय भएकाले यसपटक नयाँ शैलीमा दलितको पक्षमा प्रदर्शन गरिएको उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment