+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बैङ्कका अस्थायी तथा करार कर्मचारी पुनर्बहाली गर्न फियनको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १४ गते १२:३३

१४ जेठ, काठमाडौं । बैङ्क तथा वित्तीय संस्थामा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई लकडाउनपछि जागिरबाट हटाइएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)ले आपत्ति जनाएको छ।

फियनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीलाई संकटको घडीमा जागिरबाट हटाइएकोप्रति आपत्ति जनाएको छ। संस्थाले उनीहरूलाई अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई पुनर्बहाली गर्न माग पनि गरेको छ ।

खासगरी बिमा कम्पनीहरूले यसरी जागिरबाट धेरै कर्मचारीलाई निकालेको फियनले जनाएको छ । ‘केही जीवन तथा निर्जीवन बिमा कम्पनीहरूले कोभिड–१९ द्वारा सिर्जित यस विषम परिस्थितिमा कर्मचारीलाई सुरक्षित गराई उच्च मनोबलका साथ कार्य गर्ने वातावरण सिर्जना गराउनुको सट्टा जागिरबाट हटाई कर्मचारीको रोजीरोटी खोसेकोले बिमा समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ‌ं’ फियनको विज्ञप्तिमा भनिएको छ, ‘जागिरबाट हटाइएका कर्मचारीलाई तत्काल पुनर्बहाली गर्न सम्बन्धित बिमा कम्पनीलाई अनुरोध गर्दछौं। साथै, बिमा समितिबाट समेत जागिरबाट बिमुख गराइएका कर्मचारीहरूको पुनर्बहाली गर्नेसम्बन्धमा तत्काल आवश्यक निर्देशन जारी गरियोेस्।’

बैङ्क तथा वित्तीय संस्थाहरूमा पनि यस महामारीको समयमा कर्मचारीलाई सेवाबाट विमुख गर्ने कार्य भइरहेको भन्दै जागिरबाट हटाइएका कर्मचारीहरूलाई तत्कालै पुनर्बहाली गर्न समेत फियनले माग गरेको छ ।

नेपाल राष्ट्र बैङ्कबाट पनि यस विषम परिस्थितिमा जागिरबाट हटाइएका कर्मचारीहरूलाई तत्काल पुनर्बहाली गर्न तथा अब उप्रान्त कर्मचारी हटाउने निर्णय नगर्न आवश्यक निर्देशन दिनुपर्ने उसको माग छ ।

यस्तो छ फियनको ९ बुँदे मागः
१) कोरोना महामारीबाट हुनसक्ने जोखिमबाट सुरक्षा प्रदान गर्न सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी तथा निजका आश्रित/एकाघर परिवारका सदस्यहरूको अनिवार्य कोरोना बिमा गर्ने व्यवस्था सम्बन्धित संस्थाले गर्नुपर्ने । यसरी बिमाबापत गरिएको खर्चलाई संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत खर्च गर्न पाउने व्यवस्थाका लागि नियामक निकायबाट अविलम्ब निर्देशन जारी गरियोस् ।

२) बिमा समितिले मिति २०७७/०२/०७ गते इजाजतपत्रप्राप्त सबै बिमा कम्पनीहरूलाई व्यवस्थापन खर्च न्युनीकरण गर्ने सम्बन्धमा गरेको परिपत्रबमोजिम केही जीवन तथा निर्जीवन बिमा कम्पनीहरूले कोभिड–१९ द्वारा सिर्जित यस विषम परिस्थितिमा कर्मचारीलाई सुरक्षित गराई उच्च मनोबलका साथ कार्य गर्ने वातावरण सिर्जना गराउनुको सट्टा जागिरबाट हटाई कर्मचारीहरूको रोजी–रोटी खोसेकोले बिमा समितिको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।

साथै, जागिरबाट हटाइएका कर्मचारीलाई तत्काल पुनर्बहाली गर्न सम्बन्धित बिमा कम्पनीलाई अनुरोध गर्दछौं । साथै, बिमा समितिबाट समेत जागिरबाट बिमुख गराइएका कर्मचारीहरूको पुनर्बहाली गर्ने सम्बन्धमा तत्काल आवश्यक निर्देशन जारी गरियोेस्।

३) बैङ्क तथा वित्तीय संस्थाहरूमा पनि यस महामारीको समयमा कर्मचारीलाई सेवाबाट विमुख गर्ने कार्य भइरहेको हुँदा जागिरबाट हटाइएका कर्मचारीलाई पुनर्बहाली गर्न सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराउँदछौं‌ । साथै, नेपाल राष्ट्र बैङ्कबाट पनि यस विषम परिस्थितिमा जागिरबाट हटाइएका कर्मचारीहरूलाई तत्काल पुनर्बहाली गर्न तथा अब उप्रान्त कर्मचारी हटाउने निर्णय नगर्न आवश्यक निर्देशन दिइयोस्।

४) देशका अधिकांश लघुवित्त वित्तीय संस्थालगायत ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा फिल्डमा गई ग्राहकहरूसँग प्रत्यक्ष सम्पर्कमा रही कार्य गर्नुपर्ने र सम्बन्धित लघुवित्त संस्थाहरूबाट आवश्यक स्वास्थ्य सामाग्रीको यथोचित व्यवस्था तथा बिमा सुरक्षा व्यवस्था र अन्य स्वास्थ्य सुरक्षाको प्रवन्ध सम्बन्धित संस्थाबाट अविलम्ब व्यवस्था गरियोस् । सो सम्बन्धमा नियामक निकायबाट समेत आवश्यक निर्देशन प्रदान गरियोस् ।

५) कोरोना भाइरसद्वारा सिर्जित विषम परिस्थितिमा नेपाल धितोपत्र बोर्डद्वारा इजाजतपत्र प्रदान गरिएका संंस्थाहरूमा कार्यरत कर्मचारीहरूकोे सेवा तथा सेवा शर्तको सुरक्षा एवं संस्थागत समस्याको समाधान गर्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्डबाट आवश्यक निर्देशन जारी गरियोस् ।

६) महामारीको यस कठिन समयमा पनि अत्यावश्यक सेवा प्रदायक संस्थाको रुपमा रहेको वित्तीय संस्थाहरुको सेवा प्रवाहका लागि कार्यरत कर्मचारीहरू कोभिड-१९ को उच्च जोखिममा रहेकोले यस क्षेत्रमा कार्यरत कर्मचारीहरूको अनिवार्य कोडिभ-१९ को पीसीआर टेस्ट गर्ने व्यवस्था मिलाइयोस्।

७) नेपाल सरकारद्वारा आगामी २०७७ जेठ १५ गते संसदमा पेश हुन गइरहेको २०७७/०७८ को वार्षिक बजेटमा यसै विज्ञप्तिमा उल्लिखित मुद्दाहरू समेत समावेश गरी समग्र वित्तीय क्षेत्रको सुरक्षा तथा यस क्षेत्रका कर्मचारीहरूको पेशागत सुरक्षाको लागि आवश्यक कार्यक्रमहरू ल्याइयोस्।

८) बैङ्क, बिमा, लघुवित्त तथा अन्य वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरू कोभिड-१९ को उच्च जोखिमका बाबजुत आफ्नो कर्तव्य पालना गरिरहेको अवस्थामा कर्मचारीहरूको मनोबल गिराउने कार्यहरू (जस्तैः सेवासुविधा कटौती, बिदा कटौती आदि कार्यहरू) सम्बन्धित संस्थाको व्यवस्थापनबाट गर्न बन्द गरियोस् ।

९) वर्तमान परिस्थितिका कारण बैङ्क, बिमा, लघुवित्त तथा अन्य वित्तीय क्षेत्रमा निकट भविष्यमा पर्नसक्ने गम्भीर प्रभावहरूलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन सुधारका प्याकेज ल्याइयोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?