+

रियल मड्रिडले बर्नाबेउको सट्टा अल्फ्रेडो स्टेडियममा बाँकी खेल खेल्ने

२०७७ जेठ  २० गते ११:५२ २०७७ जेठ २० गते ११:५२
रियल मड्रिडले बर्नाबेउको सट्टा अल्फ्रेडो स्टेडियममा बाँकी खेल खेल्ने

२० जेठ, काठमाडौं । रियल मड्रिडले स्पानिस ला लिगाको बाँकी खेल घरेलु मैदान सान्टियागो बर्नाबेउमा नखेल्ने भएको छ । क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले ला लिगामा यस सिजनको बाँकी खेल घरेलु मैदानमा नखेल्ने बताएका हुन् ।

रियलले बर्नाबेउको सट्टा ट्रेनिङ भेन्यु रहेको भाल्डेबेबासस्थित अल्फ्रेडो डे स्टाफानो स्टेडियममा बाँकी खेल खेल्नेछ । १३ पटकको युरोपियन लिग चयाम्पियन रियलले यही जुन ११ देखि फेरी शुरु हुने लिगको शरुवाती दुई खेल घरेलु मैदानमा खेल्दैछ ।

करिब ६ हजार दर्शक क्षमता रहेको भाल्डेबेबासस्थित अभ्यास मैदानमा रियलको युथ टिमले मड्रिड कास्टिलाले खेल्दै आएको छ । त्यहाँ फ्लडलाइट विज्ञापनसमेत राखिनेछ । साथै मैदानमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) टेकक्नोलोजी समेत जडान गरिने छ ।

रियलका अध्यक्ष पेरेजले बर्नाबेउ रंगशालाको पूनर्निर्माण काम सम्पन्न गर्न खेल अन्तै सार्ने निर्णय गरेको बताएका छन् । ‘हामीले होम टिमको रुपमा अल्फ्रेडो डी स्टेफानो मैदानमा खेल्ने निर्णय गरेका छौँ,’ पेरेजले रियलका समर्थकलाई पत्र लेखेका छन्, ‘यस निर्णले बर्नाबेउको काम सम्पन्न गर्न सहयोग गर्नेछ ।’

पूर्वतालिका अनुसार सन् २०२२ सम्म बर्नाबेउको काम सम्पन्न हुने तय थियो तर पेरेजले निर्धारित समय भन्दा अगाडीनै रंगशाला पुननिर्माणको काम सम्पन्न हुन सक्ने बताएका छन् ।

पूनर्निर्माणका क्रममा स्टेडियममा हटाउन मिल्ने र फेरि राख्न मिल्ने छत हालिनेछ । यस्तै पिच पनि हटाउन मिल्ने राखिनेछ जसले गर्दा कन्सर्ट लगायत अन्य कार्यक्रम गर्न सजिलो हुनेछ ।

कोरोनाभारस महामारीका कारण रोकिएको ला लिगा बन्द रंगशालामा जुन ११ बाट फेरि सुरु हुँदैछ ।

बास्केटबल खेलाडीलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि रियल मड्रिडका सबै खेलाडिहरु क्वारेन्टिनमा बस्नु परेको थियो ।

सेभिया र रियल बेटिसको डर्बी खेलबाट ला लिगा मैदान फर्कने भएको हो । रियल मड्रिडले भने पहिलो खेल जुन १४ मा आइबरसंग घरेलु मैदानमा खेल्नेछ । यस्तै मड्रिडले चार दिनपछि भ्यालेन्सियासँग खेल्नेछ ।

ला लिगाका अझै बाँकी ११ चरणका खेलहरु बाँकी छन् र ती खेल पाँच हप्तामा सक्ने तयारी भइरहेको छ । ला लिगामा बार्सिलोना २ अंकको अग्रतासहित शीर्ग स्थानमा छ । रियल दोस्रो र सेभिया तेस्रो स्थानमा छ ।

रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय