
फाइल तस्वीर
२० जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गले गएराति चलाएको अपरेशनमा पक्राउ परेका ८ जना व्यवसायीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीले अनलाइनखबरलाई बताए ।
प्रहरीले कमलादीस्थित गगौंर होटलमा जुवा खेलिरहेका बेला रामचन्द्र सांघाई, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइलाई पक्राउ गरेको थियो ।
उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4