+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वर्षा भन्छिन्–‘उच्च मनोबलका साथ अगाडि बढ्छु’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते ९:३५

नायिका वर्षा राउतले एक अभिव्यक्तिका कारण खुबै आलोचना भोग्नु पर्‍यो। चलचित्र क्षेत्रमा केही वर्ष बिताउँदै गर्दा वर्षाले यति धेरै आलोचना भोगेकी थिइनन्।

भावुक स्वभावकी यी नायिकाले राष्ट्रियताको एक प्रश्नमा दिएको जवाफले आलोचना भोग्यो । उनलाई यो घटना बिर्सिएर अगाडि बढ्न अझै समय लाग्नेछ।

तर वर्षाले अब भने आफू उच्च मनोबलका साथ अगाडि बढ्ने बताएकी छिन् । वर्षा लेख्छिन्-‘न्यानो माया दिनेहुने सबैलाई नमन गर्न चाहन्छु । उच्च मनोबल र जिम्मेवारीका साथ अगाडि बढ्ने निधो गरेकी छु ।’

चलचित्र क्षेत्रमा काम गर्ने कलाकारहरू यसअगाडि पनि विवादित बन्दै आएका थिए । तर वर्षाले भोगेको विवाद अरूको भन्दा बिल्कुल फरक छ।

यी नायिका आफ्नो करिअरमा अहिलेसम्म ‘जात्रै जात्रा’को अस्ट्रेलिया शोको क्रममा लगाएको पहिरनका कारण ट्रोलको शिकार बनेकी थिइन् । तर यसले वर्षालाई खासै ठूलो असर गरेन ।

तर, यसपटक उनले भोगेको विवाद उनको करिअरकै लागि ठूलै पाठ समेत बनेको छ । यसैले पनि वर्षाले जिम्मेवारीका साथ अगाडि बढ्ने उल्लेख गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?