+
+
Shares

कक्रोच जनता पार्टीद्वारा बेंगलुरुमा प्रदर्शन आह्वान, भेला नहुन प्रहरीको चेतावनी

‘जनतालाई सुझाव दिइन्छ कि जानाजान वा अन्जानमा फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, ट्वीटर जस्ता सामाजिक सञ्जालमा यस्ता सन्देश सेयर वा प्रसारित नगर्नुहोला र टाउन हल नजिक जम्मा नहुनुहोला,’ प्रहरीले भनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते २०:२६

८ जेठ, काठमाडौं । भारतको बेंगलुरु नगर प्रहरीले आइतबार टाउन हलमा कोही पनि जम्मा नहुन सर्वसाधारणलाई अपिल गरेको छ । कक्रोच जनता पार्टीका नाममा टाउन हलमा कार्यक्रम गर्ने भन्दै सामाजिक सञ्जालमा आह्वान भएपछि प्रहरीको यो अपिल आएको हो ।

कक्रोच जनता पार्टी, कर्नाटकका नामबाट टाउन हलमा आइतबार ‘शान्तिपूर्ण मानव साङ्लो’ बनाउने भन्दै आह्वान भएको छ ।

नगर प्रहरीले टाउन हलमा यस्तो कुनै कार्यक्रम गर्ने भन्दै आधिकारिक आवेदन नआएको दाबी गरेको छ । यस्तै ग्रेटर बेंगलुरु अथ्युरिटीसँग पनि कार्यक्रम आयोजना गर्न कसैले अनुमति नमागेको प्रहरीले भनेको छ ।

प्रहरीले कर्नाटक उच्च अदालतको आदेशको हवाला पनि दिएको छ । जसमा भनिएको छ, ‘सहरमा कुनै पनि किसिमको प्रदर्शन या कार्यक्रमको अनुमति छैन । किनकी सबै तवरको विरोध सभाका लागि फ्रीडम पार्कको ठाउँ तय गरिएको छ ।’

प्रहरीले टाउन हलअघि जम्मा भएर प्रदर्शन गर्नु अदालतको निर्देशनको उल्लंघन मानिने भन्दै चेतावनी दिएको छ ।

‘जनतालाई सुझाव दिइन्छ कि जानाजान वा अन्जानमा फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, ट्वीटर जस्ता सामाजिक सञ्जालमा यस्ता सन्देश सेयर वा प्रसारित नगर्नुहोला र टाउन हल नजिक जम्मा नहुनुहोला,’ प्रहरीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?