Comments Add Comment

सप्तरीमा क्वारेन्टिनमा बसेकाले गरे सडक अवरुद्ध

२१ जेठ, सप्तरी । सप्तरीमा क्वारेन्टिनमा बसेकाहरुले बुधबार हुलाकी सडक अवरुद्ध गरेका छन् । प्रहरी हिरासतमा जसरी थुनेर मात्रै राखेको भन्दै उनीहरुले सडक अवरुद्ध पारेका हुन् ।

बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र माविको क्वारेन्टिनमा बसेका व्यक्तिहरुले कोरोना परीक्षणको लागि कुनै प्रक्रिया अगाडि नबढाएकोप्रति असन्तुष्ट प्रकट गर्दै आन्दोलित भएका हुन् । उनीहरुले क्वारेन्टिन अगाडिको हुलाकी सडक अवरुद्व गरेका हुन् ।

क्वारेन्टिनमा बस्दै आएका प्रकाश मण्डलले भने, ‘भारतबाट आएर बसेको २० दिन भइसक्यो । कोरोना परीक्षणका लागि स्वाब समेत संकलन गरिएको छैन । कोरोना पनि परीक्षण नगर्ने र घर पनि जान नदिएका कारण बाध्य भएर सडक अवरुद्ध गर्नु परेको हो ।’

उक्त क्वारेन्टिनमा बुधबारसम्म १ सय ७ जना रहेका छन् । यसमध्ये ९२ जना दुई साताभन्दा बढी समयदेखि बस्दै आएको क्वारेन्टिन इन्चार्ज ऐयुब राइनले बताए । ‘यसमध्ये हालसम्म २ जनाको मात्रै स्वाब संकलन भएको छ,’ राइनले भने, ‘बाँकीको स्वाब समेत संकलन नहुँदा घर जान छट्पटाइ रहेका छन् ।’

जेठ ३ गतेयता भारतबाट आएको व्यक्तिहरु क्वारेन्टिनमा बस्दै आएको राइनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment