
२२, जेठ, चितवन । चितवन मेडिकल कलेजले एक महिनादेखि उपाचररत एक चेपाङ बालिकाको झण्डै डेढ लाख रकम मिनाहा गरेको छ । अस्पतालले कालिका नगरपालिका वडा नं. १० सिद्धिकी सदीक्षा चेपाङको उपचार खर्च मिनाहा गरेको हो ।
कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले आर्थिक अवस्था अति नै कमजोर भएको परिवार भएकाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उपचार खर्च १ लाख ५३ हजार ८ सय ६० छुट गरिएको बताए ।
सदीक्षा चेपाङ डिस्चार्ज भएकी छन् । बालिकाका बुबा वर्षा चेपाङले छोरीको उपचारमा अस्पतालले सहयोग गरेकोमा धन्यवाद दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4