Comments Add Comment

वेब ब्राउजरमा गुगल क्रोमको प्रभुत्व, फायरफक्स र एजबीच कडा टक्कर

इन्टरनेट सर्च जाएन्ट गुगलको वेब ब्राउजर गुगल क्रोमले इन्टरनेट ब्राउजरको बजारमा आफ्नो आधिपत्य कायमै राखेको छ ।कम्प्युटर वल्र्डको पछिल्लो रिपोर्ट अनुसार डेस्कटप वेब ब्राउजरमा गुगल क्रोमले ६८.२६ प्रतिशत हिस्सा ओगटेको छ ।

क्रोमको तुलनामा अन्य वेब ब्राउजरहरु निकै पछाडि देखिएका छन् । दोश्रो स्थानको ब्राउजर फायरफक्सले जम्मा ७‍‍.२ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै माइक्रोसफ्टको एज तेश्रो स्थानमा रहँदा इन्टरनेट ब्राउजरको बजारमा ६.६७ प्रतिशत प्रयोगकर्ताको रोजाइमा पर्न सफल भएको छ ।

रिपोर्ट अनुसार सन् २००८ देखि क्रोमले ब्राउजरको बजारमा आफ्नो प्रथम स्थानलाई गुम्न दिएको छैन र पछिल्लो समयमा अन्य ब्राउजरहरु उसको छेउँ पुग्न पनि नसक्ने स्थिति रहेको छ ।

जबकी सन् २००८ अघि माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर सबैभन्दा लोकप्रिय वेब ब्राउजरको रुपमा थियो । मोजिल्ला फायरफक्सको जबरजस्त उपस्थितिका बाबजुत इन्टरनेट एक्सप्लोररको बजार हिस्सा त्यतिबेला ७० प्रतिशत सम्म रहेको थियो ।

पछिल्लो रिपोर्ट अनुसार स्मार्टफोन ब्राउजरमा पनि गुगल क्रोम नै पहिलो स्थानमा रहेको छ । मोबाइल ब्राउजरमा क्रोमको हिस्सा ६४.८ प्रतिशत रहँदा दोश्रो स्थानमा एप्पलको सफारी ब्राउजर रहेको छ, जसको बजार हिस्सा २६.७१ प्रतिशत छ ।

उता ट्याबलेट प्रयोगकर्ताबीच क्रोमको लोकप्रियताचाहिँ केही खस्किएको छ । तथ्यांक अनुसार ट्याब्लेट वेब ब्राउजरमा क्रोमको बजार हिस्सा केवल ४८.५९ प्रतिशत छ । ससक्त उपस्थिति देखाएको एप्पलको सफारी ब्राउजरको हिस्सा ४१.१७ प्रतिशत रहेको छ ।

स्मरण रहोस् गुगलले हालै गुगल ८३ संस्करण जारी गरेको थियो । जसमा अन्य विभिन्न नयाँ फिचरका अतिरिक्त ग्रुप ट्याब फिचर पनि रहेको छ । यो फिचरमार्फत् प्रयोगकर्ताले ट्याब बारमा ट्याबलाई रिनेम गर्न, रङ्गिन बनाउन तथा यताउता सार्न सक्दछन् ।

साथै नयाँ अपडेटमा क्रोमले सेफ ब्राउजिङ मोड र सेफ्टी चेक टूल पनि थपेको छ । क्रोम ब्राउजरमा प्रयोगकर्ताको डाटा सुरक्षा तथा गोपनियता सुरक्षाका लागि निरन्तर कदम चालिरहेको गुगलको भनाइ छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment