२३ जेठ, पोखरा । कोरोना भाइरस (कोभिड– १९) ‘भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा नेपालकी रेख गुरुङले कास्य पदक जितेकी छन् ।
युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको आयोजना तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा भएको प्रतियोगितामा रेखले ३०–४० वर्ष उमेर समूहमा कास्य पदक जितेकी हुन् ।
उक्त उमेर समूहमा अरुवाकी जेनिफर गार्सियाले स्वर्ण तथा चिलीकी मार्गरिटा आस्कोबारले रजत पदक जितेकी थिइन् । विजेताहरुले मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
जुम प्रविधिमार्फत बिहीबार राति सम्पन्न प्रतियोगितामा विभिन्न उमेर समुहमा एकल पुम्से, एकल पारा पुम्से, फ्रिस्टायल र जुनियरमा प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा सहभागिता जनाएका खेलाडीले १ सय डलर बुझाएका थिए ।
विश्वभरी कोरोनाको संक्रमण फैलिए संगै विभिन्न खेलहरुका प्रतिष्पर्धाहरु यति बेला प्रविधिमार्फत आयोजना भइरहेका छन् ।
प्रतिक्रिया 4