१२ मंसिर, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रुकुमपश्चिमको चौरजहारीमा सम्पन्न शारीरिक सुगठनमा चार स्वर्ण पदक जित्दै गण्डकी प्रदेश पहिलो भएको छ ।
प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार गण्डकीले चार स्वर्ण, एक रजत र तीन कास्य गरी कुल आठ पदक जित्यो ।
तीन स्वर्ण, दुई रजत र चार कास्यसहित नेपाली आर्मी दोस्रो हुँदा तीन स्वर्ण, पाँच रजत र दुई कास्य जितेको बागमती प्रदेश तेस्रो भयो । तीन स्वर्ण र एक रजत जितेको एपीएफ चौथो स्थानमा रह्यो ।
दुई स्वर्ण, ६ रजत र तीन कास्यसहित लुम्बिनी प्रदेश पाँचौँ तथा दुई स्वर्ण, एक रजत र दुई कास्य जितेको नेपाल पुलिस छैटौँ भयो ।
एक स्वर्ण, एक रजत र एक कास्यसहित कोशी प्रदेश सातौँ हुँदा एक रजत र एक कास्य जितेको सुदूरपश्चिम आठौँ भयो । दुई कास्य पदक जितेको मधेश प्रदेश नवौँ स्थानमा रहँदा कर्णाली प्रदेश पदकविहीन बन्यो ।
प्रतिक्रिया 4