Comments Add Comment

घरमा कपाल काट्दा सान्चोलाई कारवाही

२४ जेठ, काठमाडौं । बोरुसिया डर्टमण्डका युवा स्टार जाडोन सान्चेलाई घरमा कपाल काटेको भन्दै कारवाही गरिएको छ ।

सान्चोले फेस मास्क नलगाई घरमा कपाल काटेको फोटो सार्वजनिक भएपछि जर्मन फुटबल लिग डीएफएले सान्चो सहित उनको सहकर्मी मानुएल अकान्जीलाई जरीवाना लगाएको हो ।

डिएफएलले खेलाडीहरुले स्पष्ट रुपमा स्वच्छता र संक्रमण संरक्षण मापदण्डहरुको उल्लंघन गरेको जनाएको छ । डर्टमण्डले भने आफ्ना खेलाडीहरु बुन्डेसलिगाको स्वास्थ्य र सुरक्षा नियमहरू उल्लंघन नगरेको भन्दै बचाउ गरेको छ ।

जर्मनीमा मे ममा हेयर सैलुन फेरि खोलिएको छ तर त्यहाँ कडा नियमहरू छन् । ग्राहक र हेयरड्रेसरहरू दुवैको मास्क लगाउने लगायत नियम पालना गर्नुपर्छ ।

जर्मन अखबार बिल्डले सान्चोले कपाल काटिरहेको तस्विर शुक्रवार सार्वजनिक गरेको थियो ।

डिएफएलले प्रोफेसनल फुटबलरले कपाल काट्न पाउनेका कुनै प्रश्न नरहेको तर अहिलेको अवस्थामा स्वास्थ्य नियम पालना गर्नुपर्ने जनाएको छ ।

डीएफएलले खेलाडीलाई कति जरिवाना गरेको भन्ने खुलाएको छैन र पाँच दिनभित्र अपिल गर्न पाउने समेत जनाएको छ ।

विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण स्थगित भएको बुण्डेसलिगा दुई साताअघि सुरक्षित उपाय अपनाउँदै क्लोज डोरमा शुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment