
निर्मात्री एकता कपुरले निर्माण गरेको वेव सिरिज ‘एक्सएक्सएक्स अनसेन्सर्ड २’ यतिबेला विवादमा फसेको छ । यो वेव सिरिजको एक भागमा देखाइएको दृश्यले भारतीय सेनाको अपमान गरेको भन्दै निर्माण कम्पनीविरुद्ध उजुरी परेको छ ।
हिन्दुस्तान भाउ नामक संस्थाले मुम्बई प्रहरीमा उजुरी दर्ता गरेपछि एकता कपुरको नाममा अल्टिमेटम पत्र समेत पठाएको छ । जसमा उनले माफी माग्नुपर्ने र भारत सरकारलाई एक सय करोड जरिवाना पनि तिर्नुपर्ने बताइएको छ ।
प्रसारित भाग हटाउनुपर्ने, भारतीय सेनासँग माफी माग्नुपर्ने र जरिवाना स्वरुप भारत सरकारको खातामा सय करोड दिनुपर्ने माग गरेसँगै एकता तनावमा परेकी छिन् । यदि अल्टिमेटमलाई बेवास्ता गरेको खण्डमा सर्वोच्च अदालतमा उजुरी दिने र बालाजी फिल्मसलाई बहिष्कार गर्ने चेतावनी समेत दिइएको छ ।
यो सिरिजमा कलाकार अदिती कोहलीले आर्मी अफिसर्सको पत्नीको भूमिका निर्वाह गरेकी छिन् । जहाँ आफ्ना पति ड्युटीमा गएपछि उनले एक व्यक्तिलाई घरमा बोलाउँछिन् र पतिको युनिफर्म लगाएर अन्तरङ्ग दृश्य देखाइएको छ । यो दृश्यलाई हिन्दुस्तानी भाउले भारतीय सेनाको अपमान गरेको भन्दै उजुरी दिएको हो ।
प्रतिक्रिया 4