Comments Add Comment

अब कूटनीतिक नियोगको सिफारिसमा मात्र चार्टर्ड उडान

२५ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय चार्टर्ड उडानमाथि कडाइ गरेको छ । निजी रुपमा चार्टर्ड उडानको अनुमति लिने र आफूखुसी टिकट मूल्यमा हवाई उडान हुन थालेपछि सरकारले सम्बन्धित दूतावासको सिफारिसमा मात्र चार्टर्ड उडान हुने स्पष्ट  पारेको छ ।

‘नेपाललाई गन्तव्य बनाएर होस् वा नेपालबाट हुने सबै उडानमा सम्बन्धित मुलुकको दूतावासको सिफारिस अनिवार्य गरिएको हो,’ नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने, ‘दूतावासको सिफारिस र पहलमा भने उडान गर्न पाइन्छ ।’

सरकारले विदेशमा रहेका नेपालीलाई घर फर्काउने अभियान थालेपछि केही ट्राभल कम्पनीले विज्ञापन नै गरेर टिकट बुकिङ थालेका थिए ।

युरोप र अमेरिकाबाट नागरिकलाई कसरी फिर्ता ल्याउने भन्नेमा सरकार अझै टुङ्गोमा पुगेको छैन । निजी चार्टर्ड पार्टीले भने युरोप र अमेरिकाका लागि समेत टिकट काट्न थालेका थिए ।

चार्टर्ड उडानका नाममा हुने विकृति रोक्न र चर्को मूल्यमा टिकटको कारोबारलाई निरुत्साहित गर्न समेत उडानमा कडाइ गरिएको क्षत्रीले बताए ।

नेपालमा व्यावसायिक यात्रु उडानमा प्रतिबन्ध लगाइएको छ । सोहीकारण दुई मुलुकको कूटनीतिक सहमतिमा हुने उडानलाई मात्र चार्टर्ड उडानका रुपमा मान्यता दिन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment