 
																			२५ जेठ, महोत्तरी । बर्दिबास नगरपालिकाले र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरेर क्वारेन्टिनबाट घर पठाएका एक पुरुषमा कोरोना संक्रमणा पुष्टि भएको छ ।
बर्दिबास १२ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आइतबार आएको हो । ‘उहाँसहित ९ जनाको १६ गते नै स्वाब पठाएका थियौं तर रिपोर्ट आउन ढिला भयो’ नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत सुरेन्द्रकुमार चौधरीले अनलाइनखबरसँग भने, ‘बिहीबार क्वारेन्टिनमा १० दिन बसेकाहरुको आरडीटी गरेर घर पठाउनु भनेर जिल्ला खबर आयो ।’
जिल्लाबाट आएका निर्देशनअनुसार नगरपालिकाले शुक्रबार आरडीटी टेष्ट गरेको थियो । त्यसमा नेगेटिभ आएपछि उनीसहित १२ जनालाई शुक्रबार मात्र घर पठाएको थियो ।
घर पठाइएका मध्ये एक जनामा संक्रमण पुष्टि भएपछि उनलाई घर नजिकैको स्कुलमा आइसोलेट गर्न भनिएको छ । भोलि जलेश्वर, जनकपुर वा यहीको अस्पताल कता हुन्छ, आइसोसलेनमा राख्छौं’ अधिकृत चौधरीले भनेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4