Comments Add Comment

मोरङको गोठगाउँमा ७४ बेडको कोरोना विशेष अस्पताल

२५ जेठ, विराटनगर । कोरोना संक्रमित बढ्न थालेपछि प्रदेश १ सरकारले मोरङको गोठगाउँमा कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा नयाँ अस्पताल सञ्चालनमा ल्याएको हो । यसअघि प्रदेश १ को विराटनगर र धरानमा कोरोना विशेष अस्पताल छ । गोठगाउँमा निर्माण गरिएको अस्पताल तत्काल ७४ बेड क्षमताको छ । केही दिन भित्र बेड संख्या १२५ पु¥याइने सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताएका छन ।

पूर्वाञ्चल विश्वविद्यालय कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाइन प्रणालीबाट गरिने मन्त्री घिमिरेले बताए । सामान्य प्रक्रियाबाट गर्दा संक्रमितलाई भर्ना गर्न समय लागेपछि गोठगाउँमा बिरामी भर्नाका लागि अनलाइन प्रणाली प्रयोग गरिएको उनले बताए ।

लक्षण नदेखिएका तर संक्रमण पुष्टि भएकाहरुलाई गोठगाउँमा राख्ने प्रदेश सरकारको तयारी छ ।

‘संक्रमितले बेड बुक गरेपछि वेड नम्बर र वेडको लोकेसनका आधारमा भर्ना हुनेछन्’ उनले भने ‘संक्रमण देखिएको स्थानबाट एम्बुलेन्सले अस्पताल ल्याएर छाड्ने र संक्रमित सोझै बेडमा पुग्ने गरी व्यवस्थापन मिलाइएको छ ।’

अनलाइन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टिम तयार गरिएको छ । कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापन नेपाली सेनाले हेर्छ ।

हाल गोठगाउँमा ५२ जनालाई भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment