
२६ जेठ, काठमाडौं । न्याय सेवा आयोगले दुई सहसचिवको सचिवमा बढुवा गरेको छ ।
सोमबार बसेको आयोगको बैठकले कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवाली र उदयराज सापकोटालाई सचिवमा बढुवा गरेको हो ।
कानुन मन्त्रालयको सचिवमा ऋषि राजभण्डारी सरुवा भएका छन् । राजीव गौतम अवकाश भएपछि राजभण्डारीलाई आयोगले कानुन मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।
त्यस्तै नवनियुक्त सचिव ज्ञवाली मन्त्रिपरिषद कार्यालय र सापकोटा सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4