+
+
Shares

प्रदेश १ मा थपिए २० जना कोरोना संक्रमित 

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २६ गते १६:४९

२६ जेठ, विराटनगर । प्रदेश १ मा सोमबार २० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या दुई सय ७७ पुगेको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार मोरङका तीन स्थानीय तहमा ९, झापाका तीन स्थानीय तहमा १० र सुनसरीमा १ जनामा संक्रमण देखिएको छ ।

मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा २/२ जना र धनपालथान गाउँपालिकामा एक महिलासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

झापाको मेचीनगर नगरपालिकामा १, हल्दीबारी गाउँपालिकामा २, गौरीगञ्ज गाउँपालिकामा ७ जना र सुनसरीको कोसी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ का संक्रमितहरूको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँमा उपचार भइरहेको छ ।

संक्रमितमध्ये ९० जना उपचारपछि घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?