+
+

कोहलपुर मेडिकल कलेजमा उपचाररत महिलामा कोरोना पुष्टि, इमर्जेन्सी र ओपीडी सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २७ गते १६:२६

२७ जेठ, काठमाडौं । बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार गर्न आएकी एक जना गर्भवती महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अछामकी चौरपाटी गाउँपालिका–५ कि गर्भवतीमा २५ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

अस्पतालका डा. दिनेश श्रेष्ठले बताएअनुसार अहिले संक्रमितको स्वास्थ्य स्थिति स्थिर छ । ‘आन्द्राको शल्यक्रिया गर्नुपर्ने देखिएको छ, त्यसैको तयारी गरिरहेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘अस्पताललाई डिइन्फेक्सन गर्न आज इमर्जेन्सी र ओपीडी सेवा बन्द गराएका छौं, भर्ना भएका विरामीलाई भने नियमित सेवा दिइरहेका छौं ।’

श्रेष्ठका अनुसार बुधबारबाट अस्पताल पुनः नियमित रुपमा सुचारु हुनेछ । संक्रमित महिलाकी एक जना आफन्तका अनुसार उनी १५ दिनअघि भारतको मुम्बईबाट आएकी थिइन् ।

१८ हप्ताको गर्भवती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?