+
+

चितवनमा मृत्यु भएका कोरोना संक्रमितको नारायणी किनारमा अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २७ गते १६:३२
तस्वीर : सुमन गैरे

२७, जेठ, चितवन । चितवनको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना संक्रमित वृद्धको मंगलबार अन्त्येष्टि गरिएको छ ।

भरतपुर महानगरपालिका– ११ का ती वृद्धको देवघाट जाने सडकको बाँयातर्फ नारायणी नदी किनारको खयरघारीमा अन्त्येष्टि गरिएको हो ।

उनको परिवारको सल्लाह अनुसार शवलाई खाल्डो खनेर गाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘पहिला जलाउने भन्ने कुरा थियो, सोही अनुसार तयार पनि ग¥यौं, पछि परिवारका सदस्यको सल्लाहमा खाल्डोमा गाड्ने कुरा भयो’ चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले भने, ‘एक्साभेटर लगेर खाडल खनेर गाडेका छौं ।’

भरतपुर अस्पतालको आईसीयूबाट नेपाली सेनाको टोलीले उनको शव उठाएको थियो । शवको अन्त्येष्टिमा उनका ज्वाई सहभागी भएको जनाइएको छ । मृतक वृद्ध भोजाडमा छोरीज्वाईको घरमा बस्दै आएका थिए । उनका छोरा विदेशमा छन् ।

मुटु, मधुमेह र उच्च रक्तचापका बिरामी वृद्धलाई चारदिन अघि नारायणी सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । सोमबार साँझ भरतपुर अस्पतालको आईसीयूमा रिफर गरिएका संक्रमित वृद्धको मंगलबार विहान ७ बजे ६ मिनेट जाँदा मृत्यु भएको छ । उनी नेपालका चौधौ र चितवनको पहिलो कोरोना संक्रमित मृतक बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?