
२७ जेठ, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । मंगलबार सार्वजनिक गरिएको तथ्यांक अनुसार अहिलेसम्म रुसमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६ हजार १४२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसबाट १७१ जनाको मृत्यु भएको छ ।
रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यमा पनि चार लाख ८५ हजार २५३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसका आठ हजार ५९५ नयाँ संक्रमित फेला परेका हुन् ।
रुस संक्रमित संख्याको हिसाबमा कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुकको सूचीमा तेस्रो स्थानमा छ । यो सूचीको पहिलो स्थानमा अमेरिका र दोस्रो स्थानमा ब्राजिल छन् ।
स्रोत : अलजजिरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4