Comments Add Comment

सामसुङ उपाध्यक्षलाई पक्राउ पुर्जी जारी गर्न अदालतद्वारा अस्वीकार

दक्षिण कोरियाको अदालतले सामसुङ कम्पनीको नेतृत्व गरिरहेका उपाध्यक्ष जे वाइ ली विरुद्ध पक्राउ पुर्जी गर्न अस्विकार गरेको छ ।

ठगी तथा शेयर बजारमा धाँधली गरेको अभियोगमा सरकारी अभियोजकले दायर गरेको मुद्दामा अदालतले पक्राउ पुर्जी जारी नगरेको हो ।

यसबाट सामसुङका उपाध्यप ली लाई तत्कालका लागि राहत मिलेको छ । तर आगामी दिनमा मुद्दाको सुनुवाई अघि बढ्दै जाँदा उनीमाथि थप दबाब सिर्जना हुने बताइएको छ । उता कम्पनीका उपाध्यक्ष पक्राउ पर्नबाट जोगिएको घटनासँगै मंगलबार सामसुङ इलेक्ट्रोनिक्स, सामसुङ बायोलोजिक्स, सामसुङ सि एण्ड टी लगायतका सामसुङ ग्रुपका सबै कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएको छ ।

अदालतको निर्णयलाई अभियोजकहरुले खेदपूर्ण भन्दै अदालती आदेशका बाबजुत उनीमाथिको अनुसन्धान जारी रहने बताएका छन् । साथै थप अनुसन्धान पश्चात् पुनः पक्राउ पुर्जीको माग गर्दै अदालतमा अपिल गरिने पनि उनीहरुको भनाई छ ।

ली का वकिलले भने उनीमाथिको अभियोगका बारेमा बाह्य प्यानलबाट पूर्ण समीक्षा गरी अभियोग प्रमाणित हुने नहुने कुराको निर्णय हुनुपर्ने बताएका छन् ।

सन् २०१५ मा सामसुङ र चेइल इन्डस्ट्रीजबीच ८ अर्ब डलरमा भएको मर्जर अगाडि अवैधानिक रुपमा कारोबार गर्नुका साथै शेयर मूल्यमा हस्तक्षेप गरेको ली माथि आरोप छ । मर्जर पश्चात् लीले सामसुङमा आफ्नो पकड बलियो बनाउँदै लगेका थिए ।

स्मरण रहोस् २०१८ मा घुसकाण्डमा परी ली एक वर्षसम्म जेल परेका थिए । उनले दुई कम्पनीबीचको मर्जरलाई सरकारी समर्थन जुटाउनका लागि राष्ट्रपतिका एक विश्वासपात्रकी छोरीलाई घोडा उपहार दिएको आरोप लागेको थियो । तर तल्लो अदालतको फैसला सर्वोच्च अदालतले उल्टाएसँगै उनी जेलमुक्त भएका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment