+
+
Shares

नरेशको ‘माया मारेर’ गीत पनि सुपरहिट

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते ९:३५

२८ जेठ, काठमाडौं । युट्युबमा सुपर डुपर हिट भएको ‘मेरी छोरी’ गीत त तपाईंले सुन्नु भएकै होला । अनि ‘बालापनको उमेर’ बोलको चर्चित गीत पनि पक्कै सुन्नु भएको छ ।

‘मेरी छोरी’ गीतमा शब्द र संगीत दिएका नरेश खाती र बालापनको उमेर गीत गाएर सांगीतिक क्षेत्रमा चिनिएकी समिक्षा अधिकारीको स्वरमा सजिएको ‘माया मारेर’ बोलको गीत अहिले बजारमा आएको छ । र, यो गीत निकै लोकप्रिय बनेको छ ।

युट्युबमा सार्वजनिक भएको पाँच दिनभित्रै ‘माया मारेर’ बोलको गीतले झण्डै ८ लाख भ्यूज पाएको छ । यस्तै यो गीतमा टिकटक भिडियो डेढ लाख बढी बनेको नरेश बताउँछन् ।


माया मारेर बोलको गीतमा गायक एवं सर्जक नरेशकै शब्द तथा संगीत छ । गीतमा कृष्ण विकको संगीत संयोजन छ । म्युजिक भिडियोमा नरेश र समिक्षा फिचरिङ छन् ।

नरेशको पहिलो गीति एल्बम ‘सानु कहाँ छौ’ हो । त्यसपछि ‘रुँदै रुँदै तिम्रो शहर’ सार्वजनिक गरेका उनले तीन महिना अगाडि ‘मेरी छोरी’ गीत सार्वजनिक गरेका थिए ।

मेरी छोरी गीतका शब्द र संगीत नरेशका हुन् भने स्वर मेक्सम खातीको छ । नरेश र मेक्सम दुई भाइ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?