Comments Add Comment

स्मार्ट वाच बजारमा दोश्रो नम्बरमा उक्लियो हुवावे, सामसुङलाई पछि पार्‍यो

चिनियाँ प्रविधि कम्पनी हुवावे विश्व स्मार्टफोन बजारमा सामसुङ पछाडि दोश्रो स्थानमा छ । तर स्मार्ट वाचको बजारमा चाहिँ हुवावेले सामसुङलाई पछि पार्न सफल भएको छ ।

सन् २०२० को सुरुआतसँगै हुवावेको वेयरेबल बजारको हिस्सा तीव्र गतिमा बढिरहेको छ । हालै इन्टरनेसनल डाटा कर्पोरेसनले जारी गरेको वेयरेबल डिभाइस ट्रयाकर रिपोर्ट अनुसार हुवावेले स्मार्टवाच तथा वायरलेस एयरफोनलगायतका वेयरेबल्सको बजारमा सामसुङलाई पछि पारेको हो ।

वेयरेबल्सको बजारमा पहिलो स्थानमा भने एप्पल कायमै रहेको छ । दोश्रो स्थानमा हुवावे उक्लिएसँगै सामसुङ तेश्रो स्थानमा झरेको छ ।

आईडीसीको रिपोर्ट अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा ७ करोड २६ लाख गोटा वेयरेबल डिभाइस बिक्री भएका छन् । यो गत वर्षको सोही अवधिको भन्दा २९.७ प्रतिशतले बढी हो । जबकि हुवावेले गत वर्षको पहिलो त्रैमासिकमा भन्दा यो वर्षको त्रैमासिकमा ६२.२० प्रतिशत प्रतिशत बढि वेयरेबल्स बेच्न सफल भएको छ ।

स्मार्टवाच मात्रैको कुरा गर्ने हो भने सन् २०२० को पहिलो ३ महिनामा विश्वमा एक करोड ६९ लाख गोटा स्मार्टवाच बिक्री भएका छन् । यद्यपि यो संख्या गत वर्षको भन्दा ७.१ प्रतिशतले कम हो । यस अवधिमा हुवावेले २६ लाख गोटा स्मार्टवाच बेचेको छ ।

गतवर्षको सोही त्रैमासिकमा भन्दा हुवावेले एक सय १८.५ प्रतिशत बढी स्मार्टवाच बेचेको हो । योसँगै सन् २०२० को पहिलो त्रैमासिकमा गत वर्षको भन्दा शत प्रतिशत धेरै स्मार्टवाच बेच्ने एकमात्र कम्पनी बनेको छ हुवावे । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment