Comments Add Comment

अमेजनको एकाधिकारप्रति टेस्लाका सीईओ असन्तुष्ट, भन्छन् – ब्रेकअप गर्ने बेला आयो

अमेरिकी कम्पनी टेस्ला तथा स्पेस एक्सका प्रमुख एलोन मस्कले हालै माइक्रो ब्लगिङ साइट ट्विटरबाट बिदा लिने घोषणा गरेर चर्चा कमाएका थिए । त्यो चर्चा सेलाउन नपाउँदै मस्कले फेरि अर्को तहल्का मच्चाएका छन् । उनले विश्वको सबैभन्दा ठूलो इ कमर्स कम्पनी अमेजनसँग ब्रेकअप गर्ने बेला आएको बताएका छन् ।

लेखक एलेक्स बेरेन्सनको ट्विटमाथि प्रतिक्रिया दिँदै उनले एकाधिकार गलत भएको र अमेजनसँग नाता तोड्ने बेला भएको बताए। आफूले लेखेको कोरोना भाइरससम्बन्धी पुस्तक अमेजनको बिक्री निर्देशिका बमोजिम नरहेको भनी लेखक एलेक्सले अमेजनबाट प्राप्त जानकारीको स्क्रिनसटसहित ट्विट गरेका थिए ।

लेखक एलेक्स कोरोना भाइरस महामारीका नाममा भइरहेको विश्वव्यापी लकडाउन विरुद्ध छन् । कोरोना भाइरसबाट बिरामी पर्ने तथा ज्यान गुमाउने जोखिम प्रचार भएजस्तो अधिक नरहेको उनको दाबी छ। एलेक्सले ट्विटमा लेखेका थिए, ‘उनीहरूले यो पुस्तकलाई सेन्सर गरे । यो पूर्णरुपमा प्रकाशित सरकारी डाटा तथा अनुसन्धानपत्रहरूमा आधारित थियो ।

यसमा कोरोना भाइरस यथार्थ होइन र यसले मानिस मार्दैन भनिएको छैन । तर अमेजनले यसलाई लिन मानेन ।’ सोही ट्विटमा टिप्पणी गर्दै बेजोसले भने, ‘यो पागल काम हो । अब अमेजनसँग ताना तोड्ने बेला भएको छ । एकाधिकार गलत हो ।’ आफ्नो प्रक्रियामा उनले अमेजन सिइओ जेफ बेजोसलाई मेन्सन गरेका छन् ।

यद्यपि बेजोसको उक्त कडा प्रतिक्रियापछि अमेजन गलेको छ । अमेजनले एलेक्सको सो बुक त्रुटिवश हटेको भन्दै अहिले आफ्नो साइटमा राखिसकेको र लेखकसँग पनि सम्पर्कमा रहेको जनाएको छ । त्यो सँगै सो पुस्तक अमेजनमा उपलब्ध भयो । पुस्तकका लेखकले एलोन मस्कलाईलगायत आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

स्मरण रहोस् मनमा लागेको कुरा खरो गरी बोलिहाल्ने स्वभावका कारण अर्बपति मस्क बेला बेलामा चर्चामा आइरहन्छन् । उनी पनि कोरोना महामारीको कारण गरिएको लकडाउन विरोधी हुन् । उनले लकडाउनको निहुँमा टेस्ला कम्पनी खोल्न नदिइएमा क्यालिफोर्निया राज्यविरुद्ध मुद्दा हाल्ने चेतावनी समेत दिएका थिए । तर पछि वार्ताबाट सम्झौता भएसँगै उनले आफ्नो उजुरी फिर्ता लिएका थिए ।

गत जुन २ तारेखमा उनले आफूले ट्विटरबाट विदा लिएको भनी ट्विट गरेका थिए । तर त्यसको ४८ घण्टा पनि नबित्दै उनी पुनः ट्विटरमा देखा परे । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment