+
+
Shares

ट्विटरबाट किन टाढिए टेस्लाका सीईओ ?

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते १६:३९

चर्चित अमेरिकी कम्पनी टेस्लाका सीईओ एलोन मस्क ट्विटरमा निकै सक्रिय नाम हो । तर उनले अहिले सबैलाई आश्चर्यमा पार्दै माइक्रो ब्लगिङ साइट ट्विटरबाट केही समयका लागि विश्राम लिएको घोषणा गरेका छन् । एक्कासी ट्विटर चलाउने बन्द गर्नुको कारणचाहिँ उनले खुलाएका छैनन् ।

मस्कको कम्पनी स्पेस एक्सले नासासँग मिलेर गत शनिबार अन्तरीक्षमा पहिलोपटक दुईजना अन्तरीक्षयात्री पठाउने कार्यमा सफलता प्राप्त भएसँगै मस्कले सोसल मिडियामा केही समय विश्राम लिने निर्णय गरेका छन् ।

यद्यपि मस्क लामो समयसम्म ट्विटरबाट टाढा रहन सक्नेमा धेरैले आशंका व्यक्त गरेका छन् । यसअघि गत नोभेम्बरमा उनले ट्विटरसँग गरेको ब्रेकअप केवल ४ दिनमात्र टिकेको थियो ।

हुनत टेस्ला सीईओ मस्क र ट्विटरमा एक अर्काप्रति दोहोरो प्रेम रहेको तथ्य कतैबाट लुकेको छैन । त्यसैले पनि उनका फ्यानहरुले मस्क छिटै नै ट्विटरमा आउन् भन्ने चाहन्छन् ।

गत जुन महिनामा मस्कले एक ट्विट गर्दै भनेका थिए, ‘मैले भर्खरै मेरो ट्विटर अकाउन्ट डिलिट गरेँ ।’

तर उनको त्यो घोषणा टिक्न सकेन र उनी ट्विटरमा फर्किए । अझ रोचक त के भने उक्त ट्विटपछि पनि मस्कको ट्विटर अकाउन्ट एक्टिभ नै देखिएको थियो ।

स्मरण रहोस् अर्बपति मस्कको ट्विटरमा ३ करोड ५४ लाख फलोअर्स छन् । उनले ट्विटरमा समय समयमा जानकारीमूलक, रोचक तथा अनौठो खालका ट्विटरहरु समेत गर्ने गर्दछन् ।

ट्विटरसँग राम्रो सम्बन्ध रहेका एलोन मस्कको फेसबुकसँग भने तिक्ततापूर्ण सम्बन्ध छ । मस्क र फेसबुकबीच विगतमा पनि तितोपिरो भएको थियो । हालै फेसबुकको आर्टिफिसियल इन्टेलिजेन्स विभागका प्रमुखको टिप्पणीको जवाफ दिने क्रममा मस्कले ट्विट गर्दै लेखेका थिए, ‘फेसबुक सक्स’, अर्थात् फेसबुकले चुस्दछ ।

हालै फेसबुकको एआई विभागका प्रमुख जेरोम पेसेन्टीले एक ट्विटमार्फत् मस्कको आलोचना गरे । उनले लेखेका थिए, ‘एलोन मस्कलाई आफूले आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा के कुरा गरिरहेको छु भन्ने थाहा छैन भनेर भनियो भने आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा कार्यरत अधिकांस व्यक्तिहरुले समर्थन गर्दछन् भन्ने मलाई विश्वास छ,’ फेसबुक अधिकारीको उक्त आरोपको चोटिलो जवाफ फर्काउने क्रममा मस्कले केवल दुईवटा शब्दमात्र खर्च गरे,’Facebook Sucks’। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?