Comments Add Comment

योगले शरीरमा कस्तो प्रभाव पार्छ ? 

अहिले आधुनिक चिकित्साले नयाँ नयाँ खोज र पद्धतीहरुको विकास गरिरहेको छ । उपचारका लागि आश्चर्यलाग्दो उपकरण बनेका छन् । अत्याधुनिक अस्पताल बनेका छन् । विश्वभर हरेक दिन लाखौं स्वस्थ्यकर्मी उत्पादन भइरहेका छन् । मानव समुदायले यसलाई उपलब्धी मान्ने कि दुर्गती ?

आज चिकित्सा पद्धती, उपकरण, अस्पताल, जनशक्तिको यतिधेरै खाँचो किन भइरहेको छ ?

जवाफ हो, मान्छेहरु रोगी हुँदैछन् । रोगीको संख्या तिब्र रुपले बढ्दैछन् । अनेकन रोगहरुले सताउँदैछ । अब मूल प्रश्न के भने, रोगी भएर उपचार गर्नु उपलब्धी मान्ने कि रोगमुक्त जीवन ?

हाम्रो पूर्खाहरुले दोस्रो विकल्प सर्वोत्तम ठाने । त्यसैले रोग लागेर अस्पताल धाउने, उपचार गर्ने भन्दा पनि रोगमुक्त जीवन बाँच्ने खोज–अभ्यास गरे । त्यसैको नतिजा थियो, योग ।

रोग लागेपछि औषधि–उपचार खोज्नुभन्दा रोग लाग्नै नदिनु राम्रो हो । अतः योग एक यस्तो पद्धती हो, जो रोगमुक्त जीवनको लागि साहयक हुन्छ ।

योगले शरीरलाई समूचित ढंगले व्यवस्थित र क्रियासिल गराउँछ । यसले शरीरका अंगहरु बलियो र छरितो हुन्छ । भित्री अंगहरुको कार्य सम्पादन सही र चुस्त हुन्छ । भौतिक शरीर मात्र होइन, मनलाई समेत शान्त र उमंगित तुल्याउँछ । यही कारण कुनैपनि किसिमको रोगहरुले शरीरलाई गाँज्न सक्दैन ।

स्वस्थ शरीर

योगको सोझो प्रभाव हाम्रो शरीर र स्वस्थ्यमा पर्छ । योग सुरु गरेदेखि नै हामीले शारीरिक रुपमा केही परिवर्तन अनुभव गर्छौं । योगका अनेक आसन छन् । आसन अनुसार शरीरका अंगहरुमा त्यसले पार्ने प्रभाव पनि अलग छन् । यद्यपि कतिपय आसनले समग्र शरीरलाई नै प्रभावित गर्छ । जस्तो कि सूर्य नमस्कार । यसलाई सम्पूर्ण व्यायाम पनि भनिन्छ । सबै किसिमको योग अभ्यास गर्न संभव नभएपनि केही आसन नियमित रुपमा गर्न सकिन्छ ।

मन सधै खुसी

योग गरिरहँदा वा योग सुरु गरेपछिको समयमा हामीले प्रत्यक्ष अनुभव गर्न सक्छौं कि, मनमा खिन्नता, वेचैनी रहँदैन । मन चंगा हुन्छ । खुसी हुन्छ ।

हराउँछ मानसिक रोग

योगले मानसिक तनाव, वेचैनी, डिप्रेसन आदिबाट मुक्त गर्छ । मनभित्रको विकार हटाउँछ । इष्र्य, मोह, वासना, क्रोध आदि विकार हटाउँछ र प्रेम, करुणा एवं सकारात्मक सोंच विकास गर्छ ।

 बढाउँछ कार्यक्षमता

नियमित योगले मानसिक एवं शारीरिक स्वास्थ्य तन्दुरुस्त हुन्छ । यसले गर्दा हाम्रो कार्य क्षमता पनि बढ्छ । लामो समयसम्म हामीभित्र उर्जा कायम रहन्छ ।

बद्लिन्छ व्यक्तित्व

योगको प्रभाव हाम्रो व्यक्तित्वमा पनि झल्कन्छ । नियमित योगले मानसिक र शारीरिक स्वस्थ्य राम्रो हुन्छ र यसको प्रभाव हाम्रो व्यक्तित्वमा पर्छ । मनभित्रको नकारात्मक भाव हट्छ । चिन्ता, वेचैनी हट्छ । शरीर बलियो र उर्जावान हुन्छ ।

गहिरो निद्रा

प्राणायाम गरेपछि प्राणवायु शरीरको सबै ठाउँमा राम्ररी संचार हुन्छ । यसले अनावश्यक एवं हानिकारक द्रव्य नष्ट गर्छ । विकार हटाउँछ । यही कारण गहिरो निद्रा लाग्छ । प्राणायाम र ध्यानले मस्तिष्कलाई क्रियाशिल र शक्तिशाली बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment