News Summary
Generated by OK AI. Editorially reviewed.- आयुर्वेदको पूरक मानिने उपचारात्मक योगले मधुमेह, उच्च रक्तचाप र मानसिक तनावजस्ता जीवनशैलीजन्य रोगको निवारणमा महत्त्वपूर्ण भूमिका खेल्छ।
योग प्राचीन भारतीय जीवनशैली र दर्शनसँग सम्बन्धित एक समग्र अभ्यास हो । यसले शरीर, मन र आत्मालाई एकताबद्ध बनाउने काम गर्छ । यसको उत्पत्ति पतञ्जलि द्वारा प्रतिपादित योगसूत्रमा पाइन्छ । आधुनिक समयमा योग केवल व्यायाम मात्र नभई मानसिक शान्ति, रोग निवारण र जीवनशैली सुधारको महत्वपूर्ण माध्यम बनेको छ ।
यसले खासमा के गर्छ त ?
योगले शरीर र मनलाई निम्न तरिकाले जोड्ने काम गर्छ ।
शरीर, मन र आत्माबीच सन्तुलन कायम गर्छ, जसले गर्दा शारीरिक तन्दुरुस्ती र मानसिक शान्ति एकैसाथ प्राप्त हुन्छ,।
योग अन्तर्गत गरिने प्राणायामले शरीरमा प्राणशक्ति वृद्धि गर्छ भने ध्यानले मानसिक शुद्धि ल्याउँछ । यसले शारीरिक क्रिया र मानसिक अवस्थालाई एकअर्कासँग समन्वय गर्न मद्दत गर्छ ।
योग अभ्यासका मुख्य उद्देश्यहरूमा ध्यान र एकाग्रता बढाउनु तथा आत्मनियन्त्रण विकास गर्नु समावेश छ, जसले मनलाई शरीरको नियन्त्रणमा र शरीरलाई मनको अनुशासनमा राख्न सहयोग गर्छ ।
आयुर्वेदसँगको सम्बन्धमा हेर्दा, योगले शरीरका त्रिदोष (वात, पित्त, कफ) सन्तुलन गर्न सहयोग गर्छ र मनलाई सन्तुलित बनाएर समग्र स्वास्थ्यमा सुधार ल्याउँछ ।
योग गर्नुको उद्देश्य
–शारीरिक तन्दुरुस्ती कायम राख्नु
–मानसिक शान्ति प्राप्त गर्नु
–ध्यान र एकाग्रता बढाउनु
–रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नु
–आत्मज्ञान र आत्मनियन्त्रण विकास गर्नु
अष्टाङ्ग योग
अष्टाङ्ग योगका आठ चरणहरूले मानव जीवनको शारीरिक, मानसिक र आध्यात्मिक पक्षमा गहिरो र सकारात्मक प्रभाव पार्छन् । यी चरणहरूले पार्ने प्रभावहरू यस प्रकार छन्:–नैतिक र सामाजिक विकास (यम): सत्य, अहिंसा, अस्तेय (चोरी नगर्नु), ब्रह्मचर्य र अपरिग्रहको पालनाले मानिसलाई नैतिक रूपमा सबल बनाउँछ ।
यसले समाजमा शान्तिपूर्ण र अनुशासित जीवन यापन गर्न सहयोग गर्छ ।
व्यक्तिगत अनुशासन (नियम)
शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वर प्रणिधानले मानिसमा आत्म-अनुशासन र मानसिक शुद्धता ल्याउँछ । यसले मानिसलाई थोरैमा पनि सन्तुष्ट रहन र आत्म-चिन्तन गर्न सिकाउँछ।
शारीरिक स्वस्थता (आसन)
विभिन्न आसनहरूको अभ्यासले शरीरलाई स्वस्थ, निरोगी र स्थिर राख्न मद्दत गर्छ । यसले शरीरलाई लामो समयसम्म एउटै अवस्थामा सुखपूर्वक बस्न सक्ने बनाउँछ ।
प्राणशक्तिको विस्तार (प्राणायाम)
श्वास-प्रश्वासको नियन्त्रणद्वारा शरीरको प्राणशक्तिको क्षमतालाई विस्तार गर्छ, जसले जीवनी शक्ति र ऊर्जा बढाउँछ ।
इन्द्रीय नियन्त्रण (प्रत्याहार)
यसले मानिसलाई आफ्ना बाह्य इन्द्रियहरूलाई नियन्त्रित राख्न र मनलाई भित्रतर्फ मोड्न सहयोग गर्छ ।
मानसिक एकाग्रता (धारणा र ध्यान)
कुनै एक वस्तुमा मन लगाएर एकाग्र हुने शक्ति विकास गर्छ । यसले मानसिक तनाव कम गरी सोच्ने र बुझ्ने क्षमतामा सुधार ल्याउँछ ।
परम आनन्द र स्थिरता (समाधि): चित्तलाई ध्येय वस्तुमा लामो समयसम्म लीन गराई राख्नाले मानिसले आन्तरिक शान्ति र स्थिरता प्राप्त गर्छ ।अष्टाङ्ग योगका आठ चरणहरूले मानिसलाई अनुशासित, स्वस्थ, र मानसिक रुपमा स्थिर बनाउँदै पूर्ण मानव बन्न प्रेरित गर्छन् ।
अष्टाङ्ग योगका आठ चरणहरू निम्नानुसार रहेका छन् :
१.यम
२.नियम
३.आसन
४.प्राणायाम
५.प्रत्याहार
६.धारणा
७.ध्यान
८.समाधि
योगका आसन र विधि
प्रमुख आसनहरू :
ताडासन
वृक्षासन
भुजङ्गासन
पवनमुक्तासन–शवासन
योग विधि
शान्त र सफा स्थान रोज्ने–खाली पेट वा हल्का खानापछि अभ्यास गर्ने–श्वासप्रश्वास (प्राणायाम) मा ध्यान दिने–नियमित रुपमा अभ्यास गर्ने–प्रशिक्षकको निर्देशन अनुसार गर्ने
कुन अवस्थामा योग नगर्ने ?
–उच्च ज्वरो वा तीव्र रोग भएको बेला
–गम्भीर मुटुरोग भएमा
–भर्खरै सर्जरी भएको अवस्था
–गर्भावस्थामा केही आसन निषेध हुन्छन्
–हड्डी भाँचिएको वा चोट लागेको अवस्थामा
यस्ता अवस्थामा चिकित्सक वा विशेषज्ञको सल्लाह आवश्यक हुन्छ।
योगका फाइदा
–शरीर लचिलो र बलियो हुन्छ
–रक्तसञ्चार सुधार हुन्छ
–मानसिक तनाव घट्छ
–निद्रा राम्रो हुन्छ
–रोग प्रतिरोधात्मक क्षमता बढ्छ
सम्भावित हानी
–गलत तरिकाले गर्दा चोट लाग्न सक्छ ।
–अत्यधिक अभ्यासले मांसपेशी दुख्न सक्छ ।
–विशेषज्ञको निर्देशन बिना गर्दा समस्या आउन सक्छ ।
७. आयुर्वेद चिकित्सा पद्धतिमा योगको वर्णन
योग र आयुर्वेद प्राचीन उपचार र जीवनशैलीका दुई अभिन्न पाटा हुन्, जसको सम्बन्धले मानव स्वास्थ्यमा समग्र सुधार ल्याउँछ । यी दुईबीचको सम्बन्ध र यसले स्वास्थ्यमा पार्ने प्रभावलाई निम्न बुँदाहरूमा बुझ्न सकिन्छ:–एकअर्काका पूरक: आयुर्वेद र योगलाई एकअर्काका परिपूरक मानिन्छ ।
८. उपचारात्मक योग
रोग निवारणमा प्रभावकारिता
योग र आयुर्वेद मिलेर अझ प्रभावकारी रुपमा रोग निवारण र स्वास्थ्य संवर्द्धनमा योगदान पुर्याउँछन् । विशेषगरी जीवनशैलीका कारण लाग्ने रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, र मानसिक तनाव को उपचारात्मक योगमार्फत व्यवस्थापन गर्न सकिन्छ । आयुर्वेदले शारीरिक उपचारमा जोड दिँदा योगका केही पक्षहरूलाई मानसिक र आध्यात्मिक शुद्धिको लागि प्रयोग गरिन्छ ।
जस्तै: प्राणायाम, यसले शरीरमा प्राणशक्ति वृद्धि गर्छ ।
ध्यान : ध्यानले मानसिक शुद्धि ल्याउँछ ।
उच्च रक्तचाप : शवासन र अनुलोम-विलोम प्राणायाम राम्रो हुन्छ ।
उपचारात्मक योग : आयुर्वेदसँगै योगका आसनहरूलाई विशेष रोगहरूको उपचारमा प्रयोग गरिन्छ ।
जस्तो :- मधुमेहका लागि पवनमुक्तासन र मण्डूकासन, मानसिक तनावका लागि ध्यान र प्राणायाम ।
पूर्णस्वास्थ्य प्रणाली यी दुईको संयोजनले शरीर, मन र आत्मालाई एकताबद्ध बनाई रोग निवारण र स्वास्थ्य सम्वर्द्धनमा अझ प्रभावकारी रूपमा काम गर्छ ।
प्रतिक्रिया 4