+
+
Shares

कुवेतबाट ३०० महिला श्रमिक फर्किँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते १८:२४

२८ जेठ, काठमाडौं । भोलि (बिहीबार) कुवेतबाट करिब ३ सय महिला श्रमिक फर्किने भएका छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो ।

उनीहरू आममाफीको प्रक्रियामा सामेल भएकाहरू हुन् । सबै प्रक्रिया टुङ्ग्याएर भोलिका लागि दुई वटा उडान तय भएको कुवेतका लागि नेपाली राजदूत दूर्गाप्रसाद भण्डारीले बताए । बुधबार नै एउटा उडान गर्ने तयारी भए पनि प्रक्रिया नटुङ्गिएका कारण भोलिबाट मात्रै कुवेतबाट श्रमिक फर्किने भएका हुन्।

करिब २९ सय नेपाली कुवेतमा विभिन्न क्याम्पपमा आममाफीको प्रक्रिया पूरा गरेर बसेका छन्। क्वारेन्टिन बनाइएका विभिन्न क्याम्पमा बसेर वैशाखको तेस्रो हप्तादेखि उनीहरू स्वदेश फर्किने अनुमति कुरिरहेका थिए । उनीहरूले छिटो अनुमति दिनका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएका थिए ।

गत अप्रिल २६ देखि आममाफी प्रक्रियामा सहभागी उनीहरू घर फर्किने ‘लगेज’ बोकेरै विभिन्न आश्रयस्थल (क्वारेन्टिन)मा पुगेका थिए ।

कुवेत सरकारले आममाफी दिएका श्रमिकहरूलाई विद्यालय, कलेज, खेल मैदान र सार्वजनिक भवनहरूमा राखेको छ । कुवेतले अप्रिल २६ देखि ३० सम्म आममाफीका लागि आवेदन गर्नसक्ने समय तोकेको थियो । आफूसँग राहदानी नभएका २५ सयभन्दा बढीले नेपालीले दूतावासबाट ट्राभल डकुमेन्ट बनाएका थिए ।

पासपोर्ट हुनेहरू सिधै आश्रयस्थलमा जानसक्ने व्यवस्था थियो । भिसा अवधि सकिएका, रोजगारदाता परिवर्तन गरेर अवैध हैसियतमा बसेका सबैले आममाफी पाएका छन् । कुवेतका आश्रयस्थलहरूमा बच्चासहितका नेपाली महिलाहरू पनि छन् ।

कुवेत सरकारले त्यतिबेलै उनीहरूलाई आफ्नै जहाजमा काठमाडौं एयरपोर्ट ल्याइदिन तयार रहेको बताएको थियो । नेपालले अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध लगाएकाले समस्या भएको थियो ।

तर, अब सरकारले विदेशमा अलपत्रलाई ल्याउन प्रक्रिया सुरु गरेपछि कुवेतबाट पनि जहाज आउन अनुमति दिइएको हो । अब क्रमैसँग क्याम्पमा बसेका अन्य  श्रमिक पनि नेपाल आउन पाउनेछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?