+
+
Shares

बुढीगण्डकी बाढीपछि २०८ हेली उडान, ५०८ जना उद्धार

प्राधिकरणले बाढीपछि नेपाली सेनाका ५ हेलिकप्टर परिचालन गरेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुढीगण्डकी बाढीपछि उद्धार र प्रतिकार्यमा २ सय ८ हवाई उडान भएका छन् ।
  • प्राधिकरणका अनुसार ४ सय ५७ स्वदेशी र ५१ विदेशी गरी ५ सय ८ जनाको उद्धार भएको छ ।
  • बाढीले २ पक्की पुल, ५ झोलुङ्गे पुल, १ बेलिब्रिज, १ क्यान्टिलिभर पुल र ३ जलविद्युत् आयोजना बगाएको छ ।

२८ असोज, काठमाडौं । बुढीगण्डकी बाढीपछि उद्धार तथा प्रतिकार्यमा २ सय ८ हवाई उडान भएको पाइएको छ ।

यस कार्यमा सरकारले नेपाली सेनाका हेलिकप्टर परिचालन गरेको थियो । निजी क्षेत्रबाट समेत केही उडान भएका थिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २५ असोजमा कुल ८८ उडान भएका छन् । २६ असोजमा  ६८ उडान भएका थिए । २७ असोजमा ५२ उडान भएका छन् ।

प्राधिकरणले बाढीपछि नेपाली सेनाका ५ हेलिकप्टर परिचालन गरेको जनाएको छ । अहिलेसम्म ४ सय ५७ स्वदेशी र ५१ विदेशी गरी ५ सय ८ जनाको उद्धार भएको छ ।

हेलिकप्टरबाट खाद्यान्न, हवाई इन्धन लगायत ढुवानी गरिएको छ । यो बाढीले २ पक्की पुल, ५ झोलुङ्गे पुल, १ बेलिब्रिज, १ क्यान्टिलिभर पुल, ३ जलविद्युत् आयोजना, १ विद्यालय र १ सय ४० देखि १ सय ५० पशुचौपाया बगाएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?