+
+
Shares

सल्यानको स्वाब भरतपुरमा परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते २०:३८

२८, जेठ, चितवन । चितवनको भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा सल्यानदेखि सम्भावित कोरोना संक्रमितको स्वाब परीक्षणका लागि ल्याइएको छ ।

बुधबार भरतपुरमा सल्यानका १३१ वटा सहित २७४ स्वाब परीक्षणमा गरिएको छ । ती सबैमा कोरोना संक्रमण नभएको पाइएको छ ।

बुधबार भरतपुर क्यान्सर अस्पतालको २६, भरतपुर अस्पतालको ४६,  भरतपुर महानगरपालिकाको ८, चितवन मेडिकल कलेजको ११, सेन्ट्रल अस्पतालको ३, नारायणी सामुदायिक अस्पतालको ८, खैरहनी नगरपालिकाको ३६, मनकामना अस्पतालको ५ जनाको स्वाब परीक्षण गरिएको परीक्षणले जनाएको छ ।

कोभिड १९ प्रयोगशालामा कपिलवस्तु, मकवानपुर, धादिङ, नवलपरासीदेखिको स्वाब परीक्षणका लागि ल्याउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?