+
+
Shares

कर्णालीमा थपिए ८३ कोरोना संक्रमित, २२ जना डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते १५:५९

३० जेठ, सुर्खेत । कर्णालीमा शुक्रबार मात्रै ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणबाट थप ८३ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना पुष्टि भएको हो ।

सुर्खेतको लेकबेसी नगरपालिकामा मात्रै दुई महिलासहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, भेरीगंगा नगरपालिकाका ६ जना पुरुष, चिङ्गान गाउँपालिकाका ५ जना पुरुष, सिम्ता गाउँपालिकामा २ जना र वीरेन्द्रनगर नगरपालिका एकजना पुरुष, रहेका छन् ।

दैलेखको दुल्लु नगरपालिकामा ४ महिलासहित २८ जना, भैरवी गाउँपालिकामा एक महिलासहित ७ जना र ठाँटीकाँध गाउँपालिकामा ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ८४६ पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ८२ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार दैलेख अस्पतालबाट २२ जना डिस्चार्ज भएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?