Comments Add Comment

क्याकटस : सजावट, सौन्दर्य र स्वास्थ्यका लागि

क्याकटस खासमा मरुभूमीमा पाइने वनस्पती हो, जो अहिले धेरैको घर÷वगैचामा सजावटका लागि प्रयोग गरिन्छ । यो काँडेदार वनस्पति आकर्षक पनि देखिन्छन् । घरबाहिर वा भित्र जहाँपनि यसलाई रोप्न वा सजाउन सकिन्छ । क्याकटसको केही प्रजाति पाइन्छन् ।

क्याकटसको प्रयोगबाट अनुहार मुलायम र चमकदार

क्याकटस प्रायजसो घरभित्र सजाउने गरिन्छ । कतिपयले भने यसलाई घरभित्र सजाउनु ‘अशुभ’ समेत मान्छन् । अखिर जे भएपनि क्याकटस सजावटका लागि आकर्षक वनस्पती मात्र होइन, सौन्दर्यका लागि समेत उपयोगी रहेछ । खासगरी अनुहारको सौन्दर्यका लागि क्याकटसको प्रयोग गर्न सकिन्छ ।

क्याक्टसको जेलमा भिटामिन र मिनरल्स पाइन्छ । यसले छाला सम्बन्धी कतिपय समस्या पनि हटाउन सकिन्छ ।

अनुहारको चमकको लागि

चर्को गर्मीमा अनुहारको छाला रुखो र कालो हुन्छ । यस किसिमको समस्याबाट बच्नका लागि क्याकटसको जेल प्रयोग गर्न सकिन्छ । साथै आँखाको डार्क सर्कल हटाउन समेत यो उपयोगी हुन्छ ।

क्याकटसको जेलले अनुहार एवं छालालाई सितलता प्रदान गर्छ । यसले जलन वा रुखोपन हटाउन सहयोग गर्छ । क्याकटसमा एन्टी अक्सिडेन्ट पाइन्छ । यसले अनुहारको रुखोपन हटाउने काम गर्छ ।

क्याकटसको फेसप्याक बनाउनका लागि

क्याकटसको फेसप्याक बनाउन क्याकटसको पात एवं हाँगालाई काट्ने । त्यसको बाहिरी पत्र हटाइसकेपछि जेल निस्कन्छ । उक्त जेलमा एक चम्चा मह र कागतीको रस मिश्रण गर्ने । यसरी तयार गरेको मिश्रणलाई अनुहार, गर्दन, हात आदि भागमा लगाउन सकिन्छ । २० मिनेटपछि सफा पानीले पखाल्नुपर्छ । हप्तामा दुई÷तीन पटकसम्म यसरी फेस प्याक लगाएमा अनुहारमा निखार आउँछ ।

स्वास्थ्यका लागि पनि फाइदाजनक

त्यसो त क्याकटसमा केही त्यस्ता पोषक तत्व पाइन्छन्, जसले स्वास्थ्यमा समेत फाइदा गर्छ । खासगरी क्याकटसमा फाइबर, एन्टि अक्सिडेन्ट आदि तत्व पाइन्छ ।
खाना पचाउनेदेखि मधुमेह नियन्त्रण गर्नेसम्ममा यसको प्रयोग गर्न सकिन्छ । हृदय रोग, एनीमिया, मधुमेह जस्ता रोगमा समेत यो उपयोगी हुने बताइन्छ । तौल नियन्त्रणदेखि अनिद्राको समस्याबाट छुटकारा पाउनसमेत क्याकटसको प्रयोग गरिन्छ ।

विभिन्न स्रोतबाट

(कुनैपनि रोगको उपचार गरिहेका वा कुनै शारीरिक समस्या भएको अवस्थामा यसको प्रयोग गर्नुअघि चिकित्सकको परामर्श आवश्यक हुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment