Comments Add Comment

एट्लेटिको र विल्वाओले खेले बराबरी

१ असार, काठमाडौं । डिएगो कोस्टा गोल गरेको खेलमा एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा एथ्लेटिक विल्वाओसँग बराबरी खेलेको छ। आइतबार भएको खेलमा एट्लेटिको र विल्वाओले १-१ को बराबरी खेल्दै अंक बाँडे ।

कोरोना भाइरस महामारीले स्थगित लिग फेरि सुरु भएपछि पहिलो खेलमा एट्लेटिकोले अंक बाँडेको हो । यो बराबरीले शीर्ष चारमा पुग्ने एट्लेटिकोको योजनामा धक्का लागेको छ ।

विल्वाओको मैदानमा भएको खेलमा इकर मुनियनले ३७ औं मिनेटमा विल्वाओलाई अग्रता दिलाएका थिए । तर त्यसको दुई मिनेटपछि नै कोस्टाले एट्लेटिकोका लागि बराबरी गोल फर्काए ।

कोस्टाले गोल गरेपछि एट्लेटिको मड्रिडक महिला टिमकै खेलाडी भर्जिनिया टोरिसिल्लाई उक्त गोल समर्पित गरेका थिए । भर्जिनियाको मेमा ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको थियो । कोस्टाको उक्त कामबाट भर्जिनिया पनि प्रभावित बनिन् । उनले ट्विटरमा कोस्टाको फोटो पोस्ट गर्दै ‘मसँग शब्द छैन । यु आर अम्याजिङ’ भनेका छन् ।

बराबरीपछि २८ खेलबाट ४६ अंक जोडेको एट्लेटिको छैटौं स्थानमा छ । चौथो स्थानको रियल सोसिडाड र पाँचौं स्थानको ग्रानाडा समान अंक भए पनि एट्लेटिको गोल अन्तरमा पछि छ ।

सोसिडाडले आइतबारै ओसासुनासँग खेल्दैछ ।  विल्वाओ भने ३८ अंक जोड्दै दशौ‌ं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment