Comments Add Comment

कर्णालीमा कोरोना संक्रमित संख्या १००० नाघ्यो, दैलेखमा थपिए ९१ जना

१ असार, सुर्खेत । कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । सोमबार ११० जना संक्रमित थपिएसँग कर्णाालीमा संक्रमित संख्या एक हजार ७७ पुगेको हो ।

सोमबार एकै दिन दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

दैलेखका संक्रमित सबैभन्दा धेरै नौमुले गाउँपालिकाका छन् । नौमुले वडानम्बर १ मा मात्रै दुई वर्षदेखि ५४ वर्षसम्मका  ४६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये एकजना महिला हुन् ।

यस्तै नौमुलेकै वडानम्बर ७ मा दुई महिलासहित १५ जना,  ८ मा १० पुरुष, ६ मा ७ जना पुरुष, ४ मा चारजना पुरुष, २ र ३ मा दुई/दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

दैलेखकै दुल्लु नगरपालिका-१ मा एकजना युवक र नारायण नगरपालिका ३ र ४ नम्बर वडामा थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।

सुर्खेतमा नयाँ थपिनेमा पञ्चपुरी नगरपालिकामा एक महिलासहित ८ जना, बराहताल गाउँपालिकाका ३ जना, चौकुने गाउँपालिकाका ३ जना, लेकबेसी नगरपालिकाका चारजना र सिम्ता गाउँपालिकाका एकजना पुरुष रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment