Comments Add Comment

बाकसमा शव फर्किँदा विमानस्थलमा सन्नाटा (फोटो फिचर)

५ असार, काठमाडौं । शुक्रबार मात्रै २४ नेपालीको शव काठमाडौं आइपुगेको छ । कतारबाट कतार एयरवेजमार्फत २०, कुवेतबाट जजिरा एयरमार्फत २ र दुबईबाट नेपाल एयरलाइन्स र साउदीबाट हिमालय एयरलाइन्स मार्फत एक-एक वटा शव काठमाडौं आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।  शबहरू भित्रिँदा विमानस्थलमा सन्नाटा छायो ।आफन्तहरु भावविह्वल देखिए

कतारबाट बर्दियाका शुकराम थारु, सर्लाहीका अरुणकुमार पञ्जिपुर, मस्तक सैक र मनोज पासवान, महोत्तरीका शिवकुमार राउत र अनिल चौधरी, धनुषाका चाउतारवा मण्डल खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यमबहादुर थापा, सिराहाका काशीनन्द्र यादव र रुपेशकुमार मण्डल, कपिलवस्तुका मोहम्मद अलामा मुसलमान, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापामगरको शव काठमाडौं आएको छ ।

त्यस्तै, कतारबाटै सप्तरीका राजेन्द्रप्रसाद मण्डल, मोरङका युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा र मंगलबहादुर तामाङ, उदयपुरका मीनबहादुर थापा र सुर्खेतका नरबहादुर कामीको शव ल्याइएको छ ।

कुवेतबाट नुवाकोटकी सोनी तामाङ र संखुवासभाका मानबहादुर आलेको शव पनि ल्याइएको छ । यूएईबाट पनि सिन्धुपाल्चोकको पेम्बानुर्बू शेर्पा शव पनि आएको छ ।

यही शवहरूलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क घर वा काफन्तले सद्गत गर्ने स्थानसम्म पुर्‍याउनेछ । केही परिवारले शव ढुवानीका लागि बोर्डमा निवेदन दिएका छन् भने केही परिवार काठमाडौं आउन बाँकी छ । बोर्डले लकडाउनका कारण काठमाडौं आउन सम्भव नभएका मृतकका परिवारसँग सम्पर्क गरेर घरसम्मै शव लैजाने व्यवस्था गर्ने कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment