Comments Add Comment

फिल्म निर्माणको घोषणा गर्दै निर्माता

नेपाल सरकारले सिनेमा हल खुल्न अझै समय लाग्ने बताइसकेको छ। यसैले पनि रिलिजका लागि तयार भएका चलचित्रहरू हलमा कहिलेबाट लाग्छन् पक्का छैन ।

तर लकडाउन खुकुलो भएसँगै चलचित्र तथा म्युजिक भिडियोसम्बन्धी गतिविधि भने बढ्न थालेका छन् ।

लकडाउन खुकुलो भएसँगै चलचित्र निर्माणको घोषणा पनि हुन थालेको छ। निर्देशक दिनेश पौडेलले चलचित्र ‘कालुराम’ बनाउने तयारी गरेका छन् । उनले अहिले चलचित्रको प्रि-प्रोडक्सनको काम अगाडि बढिरहेको भन्दै चाँडै नै छायाङ्कनमा जाने बताए।

यस्तै चलचित्र ‘म त तिम्रै हुँ’का निर्देशक श्रीराम महत्तले पनि नयाँ चलचित्रका लागि गीत रेकडिङको काम सुरु गरेका छन् । उनले एउटा आइटम गीत रेकर्ड गराइसकेका छन् । कलाकार छनोट प्रक्रियामा रहेका उनले चाँडै नै छायाङ्कन सुरु गर्ने बताए ।

यस्तै चलचित्र निर्माता तथा लेखक मौनता श्रेष्ठले पनि चलचित्र ‘आँधी तुफान २’ बनाउने बताइसकेका छन् । यो चलचित्रको कथा लेख्ने काम सकिएको छ ।

यसबाहेक ‘ए मेरो हजुर ४, परदेशी २’ लगायतका चलचित्रको छायाङ्कन चाँडै नै सुरु गर्ने योजनामा निर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment