Comments Add Comment

क्वारेन्टिनमा आरडीटी परीक्षण गरेर घर पठाइएका युवकको मृत्यु

९ असार कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका अर्का युवकको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका ९ पूर्वखैरीफाटाका ३४ बर्षका युवकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जेठ १५ गते भारतको गुजरातबाट श्रीमती र छोरीसंगै आएका उनी क्वारेन्टिनमा बसेर २८ जेठमा घर गएका थिए ।

घर पुगेको भण्डै २ सातापछि उनको मृत्यु भएको हो । मृत्यको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । मृतकमा कोरोना परीक्षण गर्न नमुना संकलन गरी प्रयोगशालामा पठाइएको उनले बताए ।

उनको रिपोर्ट नआउँदासम्म शव घरमै रहने प्रहरीले जनाएको छ ।

क्वारेन्टिनमा र्‍यापिड टेस्ट विधिबाट कोरोना एन्टीबडी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको जानकी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष खगेन्द्र भण्डारीले जानकारी दिए ।

‘उहाँलाई १४ दिन क्वारेन्टिमा राखेर आरडीटी नेगेटिभ आएपछि घर पठाएका हौँ ’उनले भने ‘आज उहाँको मृत्यु भएको छ ।’

कैलालीमा दुई दिनमा क्वारेन्टिनबाट घर गएका २ जनाको मृत्यु भइसकेको छ । सोमबार पनि कैलालीको लम्कीचुहा नगरपालिका ७ मा क्वारेन्टिनबाट घर पुगेका ३६ बर्षीय युवकको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment